काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित शिक्षण अस्पतालको गेटअगाडि मोटरसाइकल र बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ।
सडकको जेब्रा क्रसिङमा हाल नम्बर नखुलेको मोटरसाइकल र बा ११ च नम्बरको गाडीको ठक्करबाट पैदलयात्रीको ज्यान गएको हो।
ज्यान जानेमा बुढानिलकण्ठ नगरपालिका ६ की २६ वर्षीया अनुपा कार्की रहेको काठमाडौं प्रहरीले जनाएको छ।
बुधबार दिउँसो दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी र चालकलाई नियन्त्रणमा लिएको र फरार मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया