ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
शुक्रबार सुरक्षामा खटिएका सुरक्षाकर्मी (पीएसओ)लाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका मन्त्री पुनको बिहीबार नेगेटिभ रिपोर्ट आएको उनको प्रेस संयोजक दयानिधि भट्टले जनाकारी दिए। कोरोना परीक्षणका लागि बुधबार मन्त्री पुनको स्वाब संकलन गरिएको थियो।
भट्टले कोरोना नेगेटिभ देखिएसँगै मन्त्री पुन आज (बिहीबार)बाट नियमित कामकाजमा फर्किएको जानकारी दिए। ‘कोरोना रिपोर्ट नेगेटिभ आएसँगै आजबाट मन्त्रीज्यू नियमित कामकाजमा फर्किनुभएको छ’, प्रेस संयोजक भट्टले नेपालखबरसँग भने।
यसअघि मनत्री पुन, उनका परिवारका सदस्य र सचिवालय सदस्य गरी ३० जनाको परीक्षण गरिएको थियो। त्यतिबेला अंगरक्षकबाहेक मन्त्री पुन, परिवारका सदस्य अन्य सचिवालय सदस्यको भने परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो।
प्रतिक्रिया