ad ad

समाज


काठमाडौंमा श्रीमती मारेर फरार व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौंमा श्रीमती मारेर फरार व्यक्ति २० वर्षपछि पक्राउ

नेपालखबर
भदौ २९, २०७७ सोमबार ४:२८,

प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारबाही थालेको छ।

२०५७ सालमा पत्नी श्रीमती दिलमाया सुनारको हत्या गरी फरार दोलखाका भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्ने गरेका अरुणकुमार रिजाल (सुनार) लाई प्रहरीले पक्राउ गरेकाे हाे। 

उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दिलमाया आफ्नै कोठामा मृत फेला परेकी थिइन्। तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो।

त्यसपछि उनी फरार थिए। उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडाैँ बुझाएको थियो। उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .