पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा ३ वर्षीया बालिकाको मृत्यु भएको छ।
आइतबार रातिको अविरल वर्षापछि स्थानीय भुकेखोलाको भेलसँगै आएको पहिरोले सिर्सुवाका नवीन बिकको घर पुर्दा ३ वर्षीया बालिका विविकाको मृत्यु भएको हो।
परिवारका अन्य सदस्य भाग्न सफल भए पनि बालिकाको भने च्यापिएर मृत्यु भएको वडाध्यक्ष टीकाराम भुसालले जनाए।
पहिरोले पशु चौपायाहरू पनि पुरिएका छन्। पहिरोले नवीनको घरभन्दा तल रहेको थानेश्वर भुसालको घर र गोठमा क्षति पु¥याउनुको साथै धान खेत पनि पुरेको छ।
मुडिकुवाकै अर्को ठाउँ चुरीमा पनि पहिरो जाँदा रामप्रसाद तिवारीको गोठमा बाँधिएका चौपाया मरेको वडाध्यक्ष भुसालले जानकारी दिए।
3
Shares
प्रतिक्रिया