ad ad

समाज


रथ यात्रामा तनाव : फेरि भेला हुन थाले स्थानीय, प्रहरीको संख्या थपिँदै

रथ यात्रामा तनाव : फेरि भेला हुन थाले स्थानीय, प्रहरीको संख्या थपिँदै

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ८:२८,

ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्न जम्मा भएका स्थानीय र प्रहरीबीच झडपपछि तितरबितर भएका स्थानीय फेरि रथ रहेको स्थानमा भेला हुन थालेका छन्।

त्योसँगै सो स्थानमा प्रहरीको संख्या बढाइएको छ।

यसअघि प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा हानेर भीडलाई तितरबितर पारेको थियो।

रथ तान्न भेला भएका स्थानीयको ढुंगामुढा लागेर प्रहरीको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ।

एउटा सरकारी मोटरसाइकल जलाइएको छ। एक जना ट्राफिक प्रहरी घाइते भएका छन्।

प्रहरीले अहिले रथ नियन्त्रणमा लिएको छ।

नेवार समुदायको रातो मच्छिन्द्रनाथको रथयात्रा कोरोना महामारीबीच लागु गरिएको निषेधाज्ञाका कारण हुन नसकेपछि युवाहरु स्वस्फुर्तः रुपमा भेला भएका ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए।

निशेधाज्ञा जारी भएको र जात्रा लगायतका धार्मिक कार्यक्रम रोकेकाले रथयात्रा गर्न नमिल्ने प्रजिअ भट्टले बताए।

ज्यापु समाज, सरोकारवाला पक्षहरुसँग अहिले गर्न हुन्न भन्ने पक्षमा पहिले नै छलफल भएको पनि उनले बताए।

सबैलाई कानुनको पालना गर्न प्रशासनले आग्रह गरेको उनले बताए।

याे पनि: ललितपुर पुलचोकमा रथ तान्ने र प्रहरीबीच झडप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .