ad ad

राजनीति


ताइवानद्वारा नयाँ पासपोर्ट सार्वजनिक, ‘रिपब्लिक अफ चाइना’ शब्द पहिलेभन्दा सानो बनाइयो

ताइवानद्वारा नयाँ पासपोर्ट सार्वजनिक, ‘रिपब्लिक अफ चाइना’ शब्द पहिलेभन्दा सानो बनाइयो

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ८:१८,

ताइवानले नयाँ पासपोर्टमा ठूलो शब्दमा ताइवान लेखेको छ भने ‘रिपब्लिक अफ चाइना’ भन्ने शब्दलाई सानो शब्दमा लेखेको छ।

पछिल्लो समय ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउने गरेको छ। चीनले ताइवान आफ्नो भूभाग भएकाले मन लागेको समयमा यस क्षेत्रलाई कब्जामा लिनसक्ने बताउँछ।

यसबीचमा चीन लेखिएको शब्दलाई संकुचित बनाएर लेखिएपछि चीनले प्रतिक्रिया स्वरुप पासपोर्टमा गरिएको परिवर्तनले ताइवानलाई चीनबाट अलग्याउन नसकिने बताएको छ।

चीनको विदेशमन्त्रालयले भनेको छ,‘ताइवान चीनको छुट्याउन नसकिने क्षेत्र हो।’

ताइवानले भने बुधबार नयाँ पासपोर्ट सार्वजनिक गर्ने क्रममा चीनसँगको संघर्षको बारेमा केही उल्लेख गरेन।

Taiwan unveils new passport design to resolve China confusion, World News |  wionews.com'रिपब्लिक अफ चाइना' भन्ने शब्द बिचको गोलो घेरामा सानो शब्दमा लेखिएको छ।

ताइवानले पुरानो पासपोर्टले चीन र ताइवानका नागरिकलाई छुट्याउन मुस्किल पर्ने भएकाले नयाँ पासपोर्ट बनाउनु परेको बताएको छ।

कम्युनिस्ट पार्टीले गृहयुद्ध जितेपछि सन् १९४९ मा मुख्य क्षेत्र चीनको सरकार भागेर ताइवान पुगेको थियो। ताइवान त्यसबेलादेखि नै स्वशासित बनेको हो।

यस टापु मुलुकको आफ्नै लोकतान्त्रिक मूल्य मान्यता छ। यहाँ आफ्नै सेना र आफ्नै मुद्रा छ। तर एक चीन नीति अन्तर्गत चीन सरकारले आफू ताइवानको वैध शासक भएको बताउँछ। बेइजिङले यस क्षेत्र एक दिन फेरि आफ्नो नेतृत्वमा आउने बताउँछ।

चीन ताइवान आफ्नो बनाउन शक्ति प्रयोग गर्न पनि तयार छ। पछिल्लो समय अमेरिका लगायतका यूरोपेली र अमेरिकी मूलुकसँग ताइवानको सम्बन्ध बढ्न थालेको छ।

चीनले ताइवानसँग सम्बन्ध नबनाउन र उक्त टापुलाई राष्ट्रको मान्यता नदिन चेतावनी दिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .