ad ad

समाज


रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

प्रकाश न्यौपाने
भदौ ७, २०७७ आइतबार ११:०,

रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको आइतबार दिउँसो मृत्यु भएको हो।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१ निवासी ६७ वर्षीय महिला र सम्मरीमाई गाउँपालिका–२, मुडुला निवासी ३८ वर्षीय पुरुष भएको अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए। ती महिलाको दिउँसो १ बजे र पुरुषको दिउँसो १ बजेर १० मिनेट जाँदा मुत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले बताएको छ।

मृतक महिलामा कोरोना पुष्टि भएपछि साउन ३१ गते अस्पताल भर्ना भएकी थिइन्। उनी स्वासप्रश्वासमा समस्या, दीर्घ रोगी, प्रेसर र मृर्गौला रोगी भएको डा= थापाले बताए। यस्तै, मृतक पुरुषमा कोरोना पुष्टि भएपछि उनको स्वासप्रश्वासमा समस्या आएको र उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए।

उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

‘आज बिहानबाट दुवैजनाको स्वास्थ्य थप गंभीर बन्दै गएको थियो, दिउँसो निधन भयो’, डा. थापाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .