ad ad

समाज


पोखरामा भदौ १२ गतेसम्म निषेधाज्ञा

पोखरामा भदौ १२ गतेसम्म निषेधाज्ञा

वाशुदेव मिश्र
भदौ ७, २०७७ आइतबार ११:२,

कास्कीमा निषेधाज्ञाको समयावधि ५ दिन बढाइएको छ। पोखरा महानगरपालिकामा समुदायममा कोरोना संक्रमण देखिएपछि भदौ २ गतेदेखि ६ गते अर्थात् आइतबार राति १२ बजेसम्मको लागि लागू गरिएको निषेधाज्ञा बढाएर भदौ १२ गतेसम्म लम्ब्याइएको हो।

महानगरको आइतबार बिहान बसेको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले संक्रमित बढिरहेकाले १२ भदौसम्म बन्दाबन्दीलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै निषेधाज्ञा लम्ब्याउन जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो। जिल्ला प्रशासन कार्यालयले महानगरको सोही सिफारिस अनुमोदन गरेको हो।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले भदौ १२ गतेपछि निषेधाज्ञा जारी गर्न नपरोस् भन्नका लागि बैंक तथा वित्तीय क्षेत्र, वर्कसपहरु लगायतका ठाउँहरु व्यवस्थित गर्ने तयारीमा जुटेको जानकारी दिए।

‘महानगरले तोकेको मापदण्ड पालना गरिदिने हो भने बढ्दैन। समुदायमा संक्रमण भइसक्यो’, उनले भने, ‘ निषेधाज्ञाले समस्या समाधान हुँदैन भन्नेमा महानगर स्पष्ट छ। हामी विस्तृत कार्ययोजनासहित काम गर्दैछौं। विस्तृत कार्ययोजना ११–१२ गते सार्वजनिक गरिने छ। उनले पोखरामा १४० बेडको आइसोलेसन भए पनि संक्रमण बढ्दा त्यसले पुग्छ भन्ने नलागेको बताउँदै १ सय बेडको आइसोलेसन थप्ने तयारी भएको जानकारी दिए।

अहिले पोखरामा १४० को हाराहारीमा सक्रिय संक्रमित रहेका छन्। तीमध्ये करिब ३० जना होम क्वारेण्टिनमा छन्।

पोखरामा आइतबार मात्रै एकजना ट्याक्सी ड्राइभर र संक्रमितको सम्पर्कमा आएका २ जना स्वास्थ्यकर्मीसहित ४ जनामा संक्रमण देखिएको छ। महानगरका मेयर जिसीले संक्रमण समुदायमा फैलिएकोले समस्या जटिल हुनसक्ने सम्भावना रहेको पनि बताएका छन्। ‘महामारी फैलियो भने हाम्रो व्यवस्थाले धान्न हम्मेहम्मे पर्छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .