ad ad

समाज


कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु

नेपालखबर
भदौ २, २०७७ मंगलबार ४:४१,

कोरोना संक्रमणको कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ।

पछिल्लो पटक पाटन अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएसँगै आज मात्रै ज्यान गुमाउनेको संख्या तीन पुगेको हो।

नवलपरासीका ३७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डाक्टर रबि शाक्यले जानकारी दिए।

यसअघि ती पुरुषको पथ्थरीको अप्रेसन गरिएको देखिएको उनले बताए। ‘छातीमा समस्या भएपछि उहाँ ३० साउनमा अस्पतालमा भर्ना हुनु भएको थियो,’ उनले नेपालखबरसँग भने, ‘उहाँमा कोरोन पोजिटिभ थियो, उपचारकै क्रममा आज बिहान मृत्यु भयो।’

यसअघि गएराति काभ्रे र बाँकेमा पनि कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु भएको थियो। उनीहरु दुबै पुरुष हुन्।

आज ज्यान गुमाउने तीनसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय १० पुगेको छ। आज ज्यान गुमाउनेहरुको स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न भने बाँकी छ।

याे पनि कोरोना संक्रमणबाट काभ्रेमा ९८ वर्षीय वृद्धको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .