ad ad

समाज


काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी

काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी

नेपालखबर
भदौ २, २०७७ मंगलबार ४:१७,

कोरोना संक्रमण भयावह हुने स्थिति देखिएपछि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ।

त्यसका लागि उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीबीच आन्तरिक छलफल भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

‘जुन ढंगले उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ, नियन्त्रणका लागि निषेध लागू नगरी नहुने देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबार बिहान नेपाल खबरसँग भनिन्, ‘अब चाँडै संयुक्त बैठक बसेर यसबारे निर्णय गर्ने तयारी छ।’

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार अत्यावश्यकबाहेक सबै गतिविधि बन्द हुने गरी निषेध लागू गर्ने तयारी भइरहेको हो।

यस विषयमा सरकारले पनि छलफल गरिरहेकाे उनकाे भनाइ छ। 

अहिले देशका ७७ जिल्लामध्ये आधाभन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। तर कोरोना संक्रमणको उच्च जोखिमकै क्षेत्रमा पर्ने काठमाडौं उपत्यकामा भने अझै प्रतिबन्ध लगाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .