ad ad

समाज


गृहमन्त्रीको स्कर्टिङमा रहेको गाडीले सिंहदरबार अगाडि ठक्कर दिँदा दुई महिला घाइते

गृहमन्त्रीको स्कर्टिङमा रहेको गाडीले सिंहदरबार अगाडि ठक्कर दिँदा दुई महिला घाइते

नेपालखबर
भदौ २, २०७७ मंगलबार ४:५९,

गृहमन्त्रीको स्कर्टिङमा रहेको प्रहरीको गाडिको ठक्करबाट दुुई जना घाइते भएका छन्।

मंगलबार बिहान सिंहदरबारको पश्चिमगेट नजिक प्रहरीको गाडीको ठक्करबाट स्कुटरमा सवार दुुई महिला घाइते भएका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले जानकारी दिए।

बा १ झ ५५ ५४ नम्बरको गाडी प्रहरी प्रधान कार्यालयबाट मन्त्री निवासमा स्कर्टिङका लागि गइरहेको थियो।

सोही क्रममा बा ९४ प १०२५ नम्बरको स्कुुटरलाई ठक्कर दिँदा नुवाकोटकी २३ वर्षीया लिला थापा र २७ वर्षीया सुुधा थापा घाइते भएका गौतमले बताए। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गाडी चालकलाई सिंहदरबार बृत्तमा राखिएको एसपी गौतमले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .