ad ad

समाज


‘सरी ल’ र ‘हर्के हवल्दार’मा अभिनय गर्थिन् कल्पना, सम्बन्ध बिग्रेपछि यसरी गरिन् कृष्णबहादुरको हत्या

‘सरी ल’ र ‘हर्के हवल्दार’मा अभिनय गर्थिन् कल्पना, सम्बन्ध बिग्रेपछि यसरी गरिन् कृष्णबहादुरको हत्या

उजिर कार्की
साउन २७, २०७७ मंगलबार १०:३,

शनिबार अपरान्ह ५ बजेतिर दाङका कृष्णबहादुर बोहोरा टोखास्थित कल्पना मुडभरीको कोठामा पुगे।

चितवन घर भएकी कल्पना छोराछोरीसँगै डेरा लिएर त्यहाँ बस्थिन्।

कृष्णबहादुर विभिन्न देशमा रोजगारी गरेर फर्किएका थिए। कामको खोजीमा उनी टर्की, अफगानिस्तान र भारत पुगेका थिए।

कृष्णबहादुरका दुई वटी श्रीमती थिए। तर, दुवैजनासँग सम्बन्ध बिग्रिएको थियो। उनकी जेठी श्रीमती दाङमा र कान्छी श्रीमती भारतमा बस्छिन् छोराछोरीसहित।

अर्कोतिर कल्पनाको पनि श्रीमानसँग सम्बन्ध राम्रो थिएन। उनका श्रीमान् विदेशमा छन्।

कल्पना र कृष्णबहादुरको चार वर्षपहिले फेसबुक मार्फत चिनजान भएको थियो। र, त्यो चिनजान प्रेम सम्बन्धमै पुग्यो।

एक वर्ष पहिले कल्पनाले जेठी छोरीको विवाह गरिन्। छोरीको विवाहमा पनि उनका श्रीमान आएनन्। खर्च पनि नपठाएको कल्पनाको बयान छ।

Gongobu_murder_1.jpg

छोरीको विवाहका लागि कल्पनाले घरबेटीसँग दुई लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले त्यो ऋण अहिलेसम्म तिरेकी छैनन्। एक वर्षदेखि घरभाडा समेत दिएकी छैनन्।

कल्पना पहिले टेलिशृंखला सरी ल र हर्के हवल्दारमा अभिनय गर्थिन्। पछिल्लो समय उनले अभिनय पनि छाडेकी थिइन्।

केही समययता आफूले डिप्रेसनको दबाइ खानेगरेको बयान उनले दिएकी छन्।

कृष्णबहादुरको स्थायी ठेगाना रोल्पा रून्तीगढी गाउँपालिका ७ हो। दुवै पत्नीसँग सम्बन्ध बिग्रेपछि उनी गोंगबुस्थित एक होटलमा बस्दै आएका थिए। उनी विगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको पाइएको छ।

कृष्णबहादुर बेलाबेला कल्पनाको कोठामा जान्थे।

तर, पछिल्लो समय उनीहरुको सम्बन्धमा खटपट आउन थालेको थियो।

कृष्णबहादुरले कल्पनाको नाममा उनकै फोटो राखेर फेसबुक चलाउने गरेका थिए। उनको प्रोफाइलमा उनकै नग्न फोटो राख्ने गरेका थिए। कल्पना कृष्णबहादुरको पिछा छुटाउन चाहन्थिन्।

Gongobu_murder_6.jpg

शनिबार आफ्नो कोठामा आएका कृष्णबहादुरलाई कल्पनाले दही, चिउरा खान दिइन्। दहीमा उनले आफूले खाने गरेको स्लिपिङ ट्याबलेट ५ वटा राखेकी थिइन्।

केहीबेरपछि मासु र भोड्का पनि खुवाइन्।

‘स्लिपिङ ट्याब्लेटले लट्ठिएका कृष्णबहादुरलाई त्यसपछि कल्पनाले काँटी ठोक्ने ह्याम्मरले अण्डकोषमा हानिन्,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले भने, ‘त्यसपछि सलले घाँटीमा बाँधेर बाथरुमको ढोकामा लगेर काटेको देखिन्छ। उनले पनि त्यो स्वीकार गरिसकेकी छन्।’

कृष्णबहादुरले पछिल्लो समय आफूमाथि यौन हिंसा गरेकोले आफूले हत्या गरेको उनले बताएकी छन्। कृष्णबहादुरले नक्कली फेसबुक खोलेर आफ्नो बेइज्जत गर्न थालेपछि आफू यो निर्णयमा पुगेको उनले प्रहरीलाई बयान दिएकी छन्।

कल्पना र कृष्णबहादुर एउटा कोठामा खानपिन गरिरहँदा उनका १५ वर्षीया छोरी र १३ वर्षीय छोराअर्को कोठामा थिए।

Gongobu_murder_7.jpg

उनले कृष्णबहादुरको हत्या गर्न थालेपछि भने उनीहरुले आमालाई बोलाएका थिए। तर, कल्पनाले उनीहरुलाई त्यो कोठामा आउन नदिएको प्रहरीले जनाएको छ।

साढे ९ बजेतिर कल्पनाले कृष्णबहादुरको हत्या गरेकी थिइन्। त्यसपछि ११ बजेतिर टाउको र खुट्टा जेब्रा झोलामा पोको पारेर खाली जग्गाको कुनामा फालिन्। तर शरीर उनले एक्लै लैजान नसकेपछि छोरीको सहयोग लिएको बताएकी छन्। छोरीको सहयोगमा सडकमा रोकिराखेको गाडीनजिकै उनले शव फालेकी थिइन्।

भोलिपल्ट बिहानै सडकमा भेटिएको सुटकेसबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरी पुगेर हेर्दा खुट्टा र टाउकोबिनाको शव फेला पारेको थियो।

प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्‍यो। कुकुरकै सहयोगमा टाउको र खुट्टा फालिएको ठाउँ पत्ता लाग्यो। कुकुरले त्यसै दिन उक्त घर इसारा गरेको थियो, तर कुकुर त्यो घरमा धेरै बेर अडिएन। टाउको फालिएको ठाउँमा पुग्यो।

Gongobu_murder_5.jpg

कल्पनाले भने कुकुर आफू बसेको घरतिर आएको देखेपछि पर्दा बन्द गरेर बसेको बताएकी छन्।

उनले घरबेटीलाई केही दिन पहिलेबाटै माइत जाने कुरा सुनाइसकेकी थिइन्।

आइतबार उनले एक जना चिनजानका एम्बुलेन्स चालकलाई फोन गरिन्। उनी पनि बिरामी लिएर काठमाडौं नै आएका रहेछन्। उनीसँगै आइतबार दिउँसो उनी एम्बुलेन्समा छोराछोरी लिएर चितवन पुगिन्।

यता शवको भने पहिचान नै भएको थिएन। प्रहरीले सञ्चारमाध्यम मार्फत तस्बिर सार्वजनिक गरेपछि आफन्त आए र शव दाङका कृष्णबहादुरको भएको पत्ता लाग्यो।

प्रहरीले त्यतिन्जेल घटनास्थल आसपासका १५ सय बढी घरमा खानतलासी लिइसकेको थियो। तर, तर प्रहरीको खानतलासी भुइँ तलामा केन्द्रित थियो। हत्या भने दोस्रो तलामा भएको थियो।

घटनास्थल फेला पर्नु र शवको पहिचान हुनु सँगसँगै जस्तो भयो। सोमबार साँझ कल्पनालाई प्रहरीले चितवनबाट पक्राउ गर्‍यो। छोराछोरी र एम्बुलेन्स चालकसँगै उनलाई राति नै काठमाडौं ल्याइयो।

Gongobu_murder_3.jpg

कल्पनाले हत्या गरेको स्वीकार गरिन्। उनले आफूले एक्लै हत्या गरेको र शव फाल्न मात्रै छोरीको सहयोग लिएको बताइन्।

यौन हिंसा र फेसबुकबाट गरेको बदनामीबाहेक हत्याको अरु कारण नरहेको बयान उनले दिएकी छन्।

‘थप कुरा भए अब खुलासा होलान्,’ एसएसपी ज्ञवाली भन्छन्।

प्रहरीले घटनामा प्रयोग भएका धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेसको ह्यान्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु, स्लिपिङ ट्याबलेटको खोल र मोबाइल बरामद गरेको छ।

याे पनि: 
गोंगबु हत्याकाण्ड : आमाछोरीले हत्या गरेको निष्कर्षमा प्रहरी, कारण यौन हिंसा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .