ad ad

कारोबार


चौधरी फाउण्डेसनले स्वास्थ्य मन्त्रालयलाई दियो आठवटा भेन्टिलेटर

चौधरी फाउण्डेसनले स्वास्थ्य मन्त्रालयलाई दियो आठवटा भेन्टिलेटर

नेपालखबर
साउन २७, २०७७ मंगलबार १०:६,

चौधरी ग्रुपअन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ।

फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत आज स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आठवटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।

अहिले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या वृद्धि भएसँगै अस्पतालहरुमा सघन उपचार कक्ष र भेण्टिलेटरहरुको अभाव भइरहेको छ। चौधरी फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, बाग्मति र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउनेछ।

भेण्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या बढीरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पुर्‍याएकोमा धन्यवाद व्यक्त गरे।

nirvana vantilator 1

‘चौधरी फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पु¥याएको हाम्रो स्मरणमा रहेको छ,’ मन्त्री ढकालले भने, ‘कोभिड–१९ पछि फाउण्डेसनले पीपीइ, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा पुर्‍याएको यो सहयोग अतुलनीय छ।’

फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले कोभिड–१९ का क्रिटिकल विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताए। उनले मुलुकमा अप्ठ्यारो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गरे।

‘यो सहयोगले कोभिड–१९ का बिरामीहरुको उपचारमा मद्दत पु¥याउने आशा लिएका छौ’, चौधरीले भने।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि फाउण्डेसनले यसअघि तीन चरणमा सहयोग हस्तान्तरण गरिसकेको छ। पहिलो चरणमा पूर्वदेखि पश्चिमका ४८ वटा अस्पताल एवं स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि पीपीई, एन–९५ मास्क लगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको थियो।

प्रदेश–१ अन्तर्गत अस्थायी कोरोना सेन्टर (विराटनगर), मेची अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उदयपुर जिल्ला अस्पताल, कोशी अस्पताललगायत स्थानमा यी सामग्री वितरण गरिएको थियो । साथै, प्रदेश २ को जानकी मेडिकल अस्पताल, प्रादेशिक केन्द्र अस्पताल र स्वाब परिक्षण प्रयोगशाला (जनकपुर), नारायणी अस्पताल (वीरगन्ज), कौडेना स्वास्थ्य केन्द्र र मलंगवा अस्पताल (सर्लाही), राजबिराज अस्पतालमा पीपीई वितरण गरिएको थियो।

फाउण्डेसनले प्रदेश ३ का कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, मनमोहन मेमोरियल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइती नेपाल, कोरोना उपचार केन्द्र (भक्तपुर), चितवन अस्पताल, हैटौंडा अस्पताल, सशस्त्र प्रहरी बल मुख्यालय, शिर मेमोरियल अस्पताल (काभ्रे), तथा प्रदेश ४ को नवलपरासीको मध्यबिन्दू अस्पताल, दुम्कौली स्वास्थ्य चौकी, पिताउन्जी स्वास्थ्य केन्द्र, प्रगतिनगर स्वास्थ्य केन्द्र र सहज अस्पताल, पोखराको मातृशिशु मितेरी अस्पताल, पर्वत-बागलुङ-गोरखा जिल्ला अस्पताल लगायतलाई पीपीई हस्तान्तरण गरेको थियो।

प्रदेश ५ का भीम अस्पताल (भैरहवा), लुम्बिनी प्रादेशिक अस्पताल (रुपन्देही), आयुर्वेद अस्पताल (दाङ), प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज), पाल्पा जिल्ला अस्पताल, रेउघा अस्पताल (रोल्पा), बर्दिया अस्पताल, देवदह क्वारेन्टिन सेन्टर (रुपन्देही), सशस्त्र प्रहरी अस्पताल (कोहलपुर) लगायत स्वास्थ्य केन्द्रमा पीपीई वितरण गरिएको थियो ।

दोस्रो चरणमा चौधरी फाउण्डेसनले कोभिड–१९ को परीक्षण किट सहयोग गरेको थियो। फाउण्डेसनले १००० थान ‘पीसीआर रिएजेन्ट’ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। त्यस्तै, तेस्रो चरणमा फाउण्डेसनले अति संवेदनशील कर्णाली, सुदुरपश्चिम र प्रदेश नं. २ मा स्वास्थ्य सामग्री वितरण गरेको थियो।

सुदूरपश्चिम प्रदेशका सेती अस्पताल (कैलाली), डडेलधुरा÷दार्चुला÷बैतडी जिल्ला अस्पताल, महाकाली नगरपालिका लगायत कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक अस्पताल (सुर्खेत), चौरजहारी अस्पताल (पश्चिम रुकुम) अन्य स्थानमा उपचार र सुरक्षा सामग्री उपलब्ध गराएको थियो।

प्रदेश २ मा जनकपुर, वीरगन्ज, सप्तरी, महोत्तरी, रौतहट, सर्लाही, सिरहा लगायत जिल्लाका अस्पतालमा तथा अन्य स्वास्थ्य केन्द्रमा यी सामग्री हस्तारण गरेको थियो। तेस्रो चरणसम्म फाउण्डेसनले १९९ अस्पताल एवं स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो। चौथो चरणमा फाउण्डेसनले उल्लेखित चार ओटा प्रदेशलाई दुई–दुई ओटा भेण्टिलेटर हस्तान्तरण गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .