भारत केरला राज्यको इडुक्की जिल्लामा शुक्रबार गएको भीषण पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता भएका छन्।
केरलाका मुख्यमन्त्री पिनारई विजयनका अनुसार अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टि भएको छ। ५० जनालाई जीवितै उद्धार गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार याे घटना प्रसिद्ध पर्यटकीय सहर मुन्नारको राजामलई क्षेत्रमा भएकाे हाे।
केरलाका राजस्वमन्त्री ई चन्द्रशेखरले यसलाई 'ठूलो त्रासदी' भनेका छन्।
धेरै मानिस अझै चट्टान र माटोमा पुरिएकाे आशंका गरिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।
— Narendra Modi (@narendramodi) August 7, 2020Pained by the loss of lives due to a landslide in Rajamalai, Idukki. In this hour of grief, my thoughts are with the bereaved families. May the injured recover quickly. NDRF and the administration are working on the ground, providing assistance to the affected.
साथै प्रधानमन्त्री मोदीले मृतकका परिवार तथा घाइतेलाई राहत रकम दिने घोषणा पनि गरेका छन्। उनले मृतकका परिवारलाई जनही २ लाख तथा घाइतेलाई ५०-५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन्।
Ex-gratia of Rs. 2 lakh each from PMNRF would be given to the next of kin of those who have lost their lives due to a landslide in Rajamalai, Idukki. Rs. 50,000 each would be given to those injured due to the landslide.
— PMO India (@PMOIndia) August 7, 2020
प्रतिक्रिया