ad ad

समाज


पाटन अस्पताललाई बनाए पाकिस्तानी ठगले अड्डा, बिरामी कुरुवाबाट लाखौं ठगी

पाटन अस्पताललाई बनाए पाकिस्तानी ठगले अड्डा, बिरामी कुरुवाबाट लाखौं ठगी

उजिर कार्की
साउन २०, २०७७ मंगलबार ९:२९,

प्रहरीले पाटन अस्पताल ललितपुरबाट पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। बिरामीको कुरुवा हुँ भन्दै अस्पतालमा बसेर अन्य बिरामीका कुरुवालाई ठगी गरेको पाइएपछि ललितपुर प्रहरी परिसरले मंगलबार उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने पाकिस्तानी नागरिक अहमद बर्लास हुन्।

उनले आफ्नो बिरामी आईसीयूमा रहेको भन्दै एक नेपाली सैनिकबाट ४ लाख रुपैयाँ ठगेपछि घटना बाहिरिएको हो।

गोरखामा कार्यरत् ती सैनिकलाई पाकिस्तानबाट तत्कालै रकम पठाउन नमिल्ने भएकाले आपत परेको बताउँदै ठगी गरेका थिए।

सुनसरी घर भएका ती सैनिकले मंगलबार नै परिसरमा जाहेरी दिएका छन्।

ती सैनिक श्रीमतीको उपचारका लागि पाटन अस्पतालमा छन्। पछिल्लो पटक ती पाकिस्तानी पर्यटन भिसामा २०१८ मा नेपाल आएका थिए। यूएई हुँदै नेपाल आएका ती पाकिस्तानीले २०१० देखि नै आफु नेपाल आउजाउ गरिरहेको बताएका छन्।

स्रोतका अनुसार उनले २०१४ मा नेपाल आएको तथ्य फेला परेको छ। उनीसँगै दुई वटा पासपोर्ट रहेको पनि पाइएको छ। प्रहरीलाई भने उनले आफू अन्तराष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत रहेको र फर्किन नपाएको बताएका छन्।

उनले पाकिस्तानी दूतावास मार्फत नै नेपाल आएको बताउँदै आफ्नो बारेमा दूतावास पनि राम्रोसँग जानकार रहेको प्रहरीलाई बताएका छन्। सुरुमा उनले यूएनएचसीआरको म्यानेजर बताएका थिए।

पाटन अस्पतालमा बिरामीलाई सहयोग गर्न पुगेको बताए पनि उनले अन्य बिरामीका कुरुवालाई समेत ठगेको पाइएको प्रहरी स्रोतले जनाएको छ। ललितपुर प्रहरी परिसरले उनको बारेमा थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .