ad ad

समाज


अख्तियारका कर्मचारीले पत्रकारलाई दुर्व्यवहार गरेकोप्रति महासंघको आपत्ति

अख्तियारका कर्मचारीले पत्रकारलाई दुर्व्यवहार गरेकोप्रति महासंघको आपत्ति

नेपालखबर
साउन २०, २०७७ मंगलबार ९:२५,

नेपाल पत्रकार महासंघले बुटवलमा अख्तियारका कर्मचारीले दुई पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनााएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे र सेतोपाटी सम्वाददाता एवं लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेमाथि दुर्व्यवहार गरेको महासंघले जनाएको छ।

साउन १९ गते पूर्व–पश्चिम राजमार्गको रुपन्देहीको सालझण्डी सडक खण्डमा अख्तियार कार्यालय बुटवलबाट खटिएका सादा पोसाकमा रहेका प्रहरीले सवारी साधनको चेकजाँच गरिरहेको तस्बिर लिन खोज्दा प्रहरी निरीक्षक रोशन पाण्डेसहितका प्रहरीले पत्रकार भगवती पाण्डेको क्यामेरा खोस्नुका साथै सोही विषयलाई लिएर झगडा गर्दै पत्रकारद्वयमाथि दुर्व्यवहार र हातपातसमेत गरेका थिए ।

कोभिड–१९ संक्रमणको जोखिमका बीच नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेका पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो प्रहरीबाट भएको यो अराजक हर्कत आपत्तिजन हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघले जनाएको छ।

महासंघले घटनामा संलग्नमाथि कारबाही गर्नुका साथै यस्ता घटना पुन: दाेहाेरिन नदिनसमेत आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .