ad ad

समाज


भारतमा दैनिक ५० हजारको दरले कोरोना संक्रमित थपिँदै

भारतमा दैनिक ५० हजारको दरले कोरोना संक्रमित थपिँदै

नेपालखबर
साउन २०, २०७७ मंगलबार ९:६,

गएको २४ घण्टामा मात्र भारतमा ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

भारतमा लगातार छैठौं दिनपनि ५० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन्।

यससँगै यहाँ कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८०३ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार ९३८ जना पुगेको छ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन्। हाल भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .