ad ad

समाज


काठमाडौंमा स्वाव संकलनका लागि तोकियो यी १४ अस्पताल

काठमाडौंमा स्वाव संकलनका लागि तोकियो यी १४ अस्पताल

नेपालखबर
साउन २०, २०७७ मंगलबार ८:५४,

कोरोना परीक्षणका लागि काठमाडौंका १४ वटा अस्पतालमा स्वाव संकलन केन्द्र तोकिएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशित गरी उपत्यकाका १४ वटा अस्पतालमा स्वाव संकलन भइरहेको जानकारी दिँदै शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्ति तथा जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले नजिकको स्वाव संकलन केन्द्रमा गइ परीक्षण गराउन आग्रह गरेको छ।

तोकिएका अस्पतालहरुमा पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल, केएमसी, त्रिवि शिक्षण, वीर, टेकु, सशस्त्र प्रहरी अस्पताल रहेका छन्। यस्तै, विरेन्द्र अस्पताल, प्रशुती, स्टार, ह्याम्स, नेपाल प्रहरी र नेपाल कोरिया मैत्री अस्पतालले स्वाव संकलन गरिरहेका छन्।

मन्त्रालयले यी लगायत सम्पूर्ण हव अस्पतालहरु, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२,३ अस्पतालहरु तोकिएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपतयकामा समेत कोरोना संक्रमणको जोखिम बढेको भन्दै, जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, भीडभाड नगर्न तथा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .