कोरोना संक्रमण धेरै फैलिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ मा स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा टोली पठाएको छ।
विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा प्रदेश २ मा टोली पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्। टोलीले प्रदेश २ को वीरगन्ज पुगेर समन्वयको काम सुरु गरिसकेको बताए।
टोलीले प्रदेश २ मा संक्रमित बढी भएको अन्य सहर तथा क्षेत्रमा पनि समन्वय तथा निर्देशन र सहयोगको काम गर्ने मन्त्रालयले जनाएको छ।
यसैगरी कोरोना प्रभावित अन्य प्रदेशमा पनि उच्च स्तरीय टोली पठाउने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।
हाल प्रदेश २ को वीरगन्ज, प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना संक्रमण हुने क्रम बढिरहेको छ।
प्रतिक्रिया