ad ad

समाज


अब भारत जान पालना गर्नुपर्नेछ यी नियम, जारी भयाे नयाँ दिशानिर्देश

अब भारत जान पालना गर्नुपर्नेछ यी नियम, जारी भयाे नयाँ दिशानिर्देश

नेपालखबर
साउन १८, २०७७ आइतबार २३:५५,

अन्य देशबाट आफ्ना देश आउने यात्रुका लागि भारत सरकारले नयाँ दिशानिर्देश जारी गरेको छ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार विज्ञप्ति प्रकाशन गरी विदेशबाट भारत भित्रिने यात्रुका लागि नयाँ नियम बनाइएको जानकारी दिएको हो। यो नियम यही अगस्ट ८ तारिखदेखि लागू हुने विज्ञप्तिमा भनिएको छ।

नयाँ दिशानिर्देशनुसार सबै यात्रुले यात्रा समयभन्दा ७२ घण्टाअघि नयाँ दिल्ली एयरपोर्टको वेभसाइट newdelhiairport.in एक स्वघोषणा फारम (सेल्फ डिक्लेरेसन फारम) भनुपर्नेछ। यात्रुले पोर्टलमा शपथपत्र पनि दिनुपर्नेछ। साथै १ देखि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ।

त्यसमध्ये ७ दिनको संस्थागत क्वारेन्टिन हुनेछ भने ७ दिनको होम क्वारेन्टिन हुनेछ। संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च आफैंले बेहोर्नुपर्नेछ। यात्रुले नयाँ दिशानिर्देशअनुसार शपथपत्रमा यी कुरा स्वीकार गर्नुपर्नेछ। यसमा गर्भवती, परिवारमा मृत्यु, गम्भीर बिरामी वा १० वर्षभन्दा मुनिका बालबालिकालाई विशेष प्राथमिकतामा राखिएको विज्ञप्तिमा उल्लेख छ।

तर त्यसबारे वेभसाइटमा पहिले नै सूचना दिनुपर्नेछ। यात्रुले पीसीआर रिपोर्ट प्रस्तुत गर्न सके संस्थागत क्वारेन्टिनबाटै पनि राहत पाउन सक्छन्। तर परीक्षण रिपोर्ट यात्रा समयको ९६ घण्टाभन्दा पुरानो हुनु हुँदैन ।

भारतको स्वास्थ्य मन्त्रालयले आइतबार साँझ जारी गरेको दिशानिर्देशअनुसार यात्रुले पोर्टलमा आफ्नो कोरोना रिपोर्ट अपलोड गर्नुपर्नेछ। रिपोर्ट नक्कली भएको पाइए कडा कारबाही गरिनेछ। साथै विमानभित्र पनि सतर्क रहनुपर्नेछ।

भारतले आइतबार साँझ जारी गरेको यात्रा दिशानिर्देश :

bhadi

bhadi1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .