ad ad

समाज


चालकसँग रकम उठाउने चार प्रहरी निलम्बित

चालकसँग रकम उठाउने चार प्रहरी निलम्बित

नेपालखबर
साउन १४, २०७७ बुधबार १३:२९,

वागमती प्रदेश प्रहरी कार्यालयले मातहतका चार प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ। प्रदेश प्रहरी कार्यालयबाट खटिएको विषेश टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा सोमबार पक्राउ गरेका चार प्रहरीलाई बुधबार निलम्बन गरिएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएको थियो।

उनीहरुको सम्बन्धमा थप छानबिन गर्न हाललाई निलम्बन गरिएको जनाइएको छ।

ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत जवान अजय महत्तो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत जवान लक्षमण कुमार महत्तो निलम्बनमा परेका हुन्।

निलम्बित प्रहरीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।

आफ्नो ड्युटीमा ईमान्दार प्रहरीलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारबाही गरेर प्रहरी सेवालाई मर्यादित बनाउने बागमती प्रदेश प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले यसका लागि टाक्स फोर्स गठन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .