ad ad

कारोबार


ह्वावेको तीन दिने अनलाइन कार्यक्रम ‘बेटर वर्ल्ड समिट’ को समापन

ह्वावेको तीन दिने अनलाइन कार्यक्रम ‘बेटर वर्ल्ड समिट’ को समापन

नेपालखबर
साउन १४, २०७७ बुधबार १३:१९,

ह्वावेले ग्लोबल क्यारियर र केही मिडिया आउटलेटहरु, विश्लेषकहरु र विश्वभरका सरकारी अधिकारीहरुलाई लक्षित गरि तीन दिन लामो अनलाइन कार्यक्रम ‘बेटर वर्ल्ड समिट’ आयोजना गरेको थियो।

महामारीले हाम्रो काम र जीवनको हरेक पक्षमा छुने गरि संसारलाई परिवर्तन गरेको छ। यो शिखर सम्मेलन कोभिड–१९ को महामारीसँग कसरी अझ प्रभावकारिताका साथ लड्न सकिन्छ र महामारी पश्चात आर्थिक सुधार कसरी बढाउन सकिन्छ भनेर अन्वेषण गर्ने हिसाबले डिजाइन गरिएको थियो।

दूरसंचार वाहक, नियामकहरु, विश्लेषकहरू, मिडिया र विश्वभरका यसका साझेदारहरुको साथ ह्वावेले जुलाई २७–२९ को अवधीमा आईसीटीले कसरी बृहत क्षेत्रमा नयाँ भ्यालु प्रदान गर्दैछ भन्ने कुराको बारेमा छलफल गर्नुको साथै यसले उज्वल र सम्पन्न भोलिको लागी राख्ने रणनितिक आधारहरु को अन्वेषण पनि गर्यो।

ह्वावेले उक्त कार्यक्रमको लिंक इमेलको माध्यमबाट नेपाल सहित आफ्नो लक्षित दर्शकहरुलाई पठाएको थियो। मिडिया, विभिन्न उद्योग र सरकार सम्बन्धित प्राधिकरणका करीव ५० जनालाई नेपालबाट सहभागी हुन आमन्त्रित गरियो। इच्छुक सहभागीहरूले उनीहरूको इमेल ठेगाना दर्ता गरेर कार्यक्रममा सामेल भए। बेटर वर्ल्ड समिट सम्मेलन चिनियाँ, अंग्रेजी, स्पेनिश, फ्रान्सेली, रूसी, कोरियाली, जापानी र अरबीमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

अनलाइन ‘बेटर वर्ल्ड समिट’ सम्मेलनको उद्घाटनको दिन ह्वावेका राटेटिंग अध्यक्ष गुओ पिङले पाँच प्रमुख टेक डोमेनको तालमेलले व्यवसायिक सफलताको लागि ५जी को भूमिका कसरी अनलक गर्न मद्दत पुर्याउँछ भनेर चर्चा गरे। चाइना टेलिकम, एटिसलाट, एमटीएन, जीएसएमए र ३जीपीपी/ईटीएसआई का अतिथि वक्ताहरू लाई ८० भन्दा बढी देशहरूबाट आएका हजारौं अनलाइन सहभागीहरूले सूचना तथा सञ्चार टेक्नोलोजी (आईसीटी) ले कसरी यस महामारीको बेला अहिले र पछिको नयाँ आर्थिक वृद्धिलाई उर्जा दिन सक्दछ भन्ने कुरामा छलफल गर्न साथ दिए।

‘आईसीटी कम्पनीका रूपमा यस महामारीलाई नियन्त्रण र पराजित गर्न हामीले हामीसँग भएको टेक्नोलोजीको प्रयोग गर्नु हाम्रो जिम्मेवारी हो’ गुओले भने, ‘हाम्रा साझेदार र ग्राहकहरूसँग मिलेर सबै प्रकारका सेवा प्रदाएक र उद्यमहरू सहित हामी हाम्रो समुदायहरूमा सकारात्मक प्रभाव पार्न टेक्नोलजिकल समाधानहरूको प्रयोग गर्न सक्छौं।’

५जी व्यवसायिक रूपमा सफल हुनको लागि सम्पूर्ण उद्योगहरूले मिलेर काम गर्नु आवश्यक छ। भर्टिकल उद्योग अनुप्रयोगहरू तब मात्र एउटा स्केलमा पुनरुत्पादित गर्न सकिन्छ जब उद्योग मापदण्ड र सहयोगी ईकोसिस्टम एक जुट हुन्छ।

‘अगाडि बढ्दै जाँदा ह्वावेले हाम्रा साझेदारहरूलाई उनीहरूको क्षमता प्रदान गर्न दोब्बर प्रयास गर्नेछ’ गुओले भने, ‘हामी संयुक्त इनोभेशनको प्रचार गर्नेछौं र भ्यालु चेनमा रहेका सबैको वृद्धि गर्नेछौं।’

दोस्रो दिन ह्वावेका कार्यकारी निर्देशक र क्यारियर बिजिनेस का अध्यक्ष रायन टिङले ‘बेटर वर्ल्ड समिट २०२०’ मा किनोट स्पिच दिए। टिङका अनुसार कोभिड–१९ संकट विश्वव्यापी रूपमा फैलिरहँदा नेटवर्क निर्माण र ब्यापार विकासको चार क्षेत्रमा क्यारियर तयार हुन आवश्यक रहेको जसले चाँडै नै नेटवर्क क्षमताको भरपुर प्रयोग गर्दछ र व्यापार बृद्धि गर्न प्रेरित गर्दछ।

Catherine_Chen.jpg

दोस्रो दिनको सत्रमा समावेश अन्य वक्ताहरू, चाइना यूनिकोमका वरिष्ठ उपाध्यक्ष लियांग बाओजुन, चाइना मोबाइलका सरकार उद्यम व्यापार समूहको महाप्रबन्धक लियू जियान, एलजी यू प्लसका एआरभीआर सेवाका उपाध्यक्ष चोई यून हो, ईस्त्राटजी आनालाईटिक्सका कार्यकारी निर्देशक फिल केन्डल, र ह्वावे ५जीउत्पादन लाइनका अध्यक्ष पेङ हनगुआ हुन्।

ह्वावे कर्पोरेटका वरिष्ठ उपाध्यक्ष र बोर्डका निर्देशक क्याथरिन चेनले तेस्रो दिनमा किनोट स्पिच दिए। चेनका अनुसार धेरै राष्ट्र र उद्योगका टेलिकम नियामकहरूले कोभिड–१९ महामारीको कारण देखा परेका साझा चुनौतीहरूको सामना गर्न सबैसँग मिलेर काम गर्नु पर्दछ र सबैका लागि थप समावेशी भविष्यको सिर्जना गर्नु पर्दछ।

शिखर सम्मेलनमा उपस्थित अन्य वक्ताहरू, इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन रेडियो कम्युनिकेसन सेक्टर, जि यस यम ए, यूरोपीय प्रतिस्पर्धी दूरसञ्चार संघ, दक्षिण अफ्रिकी संचार र डिजिटल टेक्नोलोजी विभाग, थाइल्याण्डको राष्ट्रिय डिजिटल अर्थव्यवस्था र सामाजिक आयोग, चीनको सूचना र सञ्चार टेक्नोलोजी एकेडेमी, इन्टरनेट ईन्डस्ट्री एसोसिएसन जर्मनीका प्रतिनिधिहरू हुन्।

विगत ३० वर्षमा सूचना प्रविधिहरू द्रुत गतिमा अगाडि बढेका छन्, जसले मानिसहरूको जीवन र काम सजिलो बनाएको छ। कोभिड–१९ महामारीले यो देखायोे कि डिजिटल संरचनाहरूको गतिले टेक्नोलोजिकल विकास सङ्ग तालमेल राखेका छैनन्। आईटीयूका अनुसार विश्वको आधाभन्दा बढी जनसंख्यासँग अझै न त इन्टरनेटको पहुँच छ, न त अन्य डिजिटल प्रविधिहरूको पहुँच छ। मुलुकहरूमा अर्थतन्त्र सुस्ताउदै गर्दा, सरकारहरू आर्थिक सुधारको रणनीति प्रति बढी चासो छन्।

‘हामी अधिक कनेक्टेड, इन्टेलिजेन्ट र इनोभेटिभ भविष्यको कल्पना गर्दछौं,’ चेनले भने, ‘सबै भन्दा पहिले, हामीले यो सबैको लागि समावेशी, दिगो र सबै भन्दा राम्रो भविष्य हो भनेर सुनिश्चित गर्नुपर्दछ।’

यी वक्ताहरू ८० भन्दा बढी देशहरूबाट आएका हजारौं अनलाइन सहभागीहरूसँग उद्योग नीतिले कसरी डिजिटल अर्थव्यवस्थाको विकासलाई प्रोत्साहन दिन्छ, आर्थिक पुनः प्राप्तिलाई सजिलो पार्छ र सबैको लागि राम्रो भविष्य निर्माण गर्छ भन्ने कुरामा छलफल गर्न सामेल भएका थिए।

१९८७ मा स्थापना भएको हुवावे सूचना र सञ्चार टेक्नोलोजी (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .