ad ad

समाज


बिहारमा विवाह गरेको भोलिपल्टै बेहुलाको मृत्यु, बिहे खान गएका १११ मा कोरोना संक्रमण

बिहारमा विवाह गरेको भोलिपल्टै बेहुलाको मृत्यु, बिहे खान गएका १११ मा कोरोना संक्रमण

नेपालखबर
असार १७, २०७७ बुधबार ९:५४,

उक्त विवाह समारोहमा उपस्थित ३ सय ५० मध्ये १ सय ११ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको एनडीटीभीले जनाएको छ।

गत जुन महिनाको १५ तारिखमा एक इन्जिनियर युवाको विवाह तय भएको थियो। ती युवाको विवाहको भोलिपल्टै मृत्यु भएको थियो।

विवाहको मिति नजिकै आइसक्दा उनी बिरामी परेका थिए। उनलाई पटना अस्पतालमा डाइरियाको उपचार पनि गरिएको थियो।

बिरामी छँदै उनको विवाह गरिएको थियो। विवाहको भोलिपल्टै मृत्यु भएका उनको कोरोना भाइरसकै कारण ज्यान गएको आशंका गरिएको छ।

यद्यपी उनको कोरोना परीक्षण नगरी अत्येष्टि सकिएको थियो। मानिसहरुले शंका लागेर परीक्षण गराउँदा १ सय ११ मा कोरोना देखिएको जनाइएको छ।

अधिकारीहरुका अनुसार मृतक बेहुलाका आफन्तमा कोरोना देखिएपछि जुन २४ देखि २६ सम्म विवाहमा उपस्थित मानिसको पहिचान गरी परीक्षण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .