ad ad

राजनीति


कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित

कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित

नेपालखबर
असार १७, २०७७ बुधबार ९:४८,

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ।

पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबार सम्मका लागि स्थगित गरिएको हो। बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय समेत बन्द गर्ने भएको छ।

कांग्रेसले भोलि पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम पनि नगर्ने भएको छ। मंगलबारबाट सुरु भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयक लगायतका विषयमा छलफल भइरहेको छ।

२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो। मुटुसम्बन्धी पीडित उनको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा आज निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .