ad ad

समाज


दुई सामुदायिक वनका कोषाध्यक्षविरुद्ध मुद्दा दर्ता

दुई सामुदायिक वनका कोषाध्यक्षविरुद्ध मुद्दा दर्ता

नेपालखबर
असार १२, २०७७ शुक्रबार १३:३१,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने प्रयोजनका क्रममा घुस माग गरेको अभियोगमा सामुदायिक वनका कोषाध्यक्ष विरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले सिन्धुली तिनपाटन गाँउपालिका–१० मा एक सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फार्मको पुराना काठ अन्यत्र लैजान अनुमति दिने प्रयोजनका क्रममा घुस लिएको अभियोगमा सामुदायिक वनका कोषाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

जनकल्याण सामुदायिक वनका कोषाध्यक्ष मीनबहादुर घलेले रु तीन लाख र जनसेवा वैज्ञानिक वन व्यवस्थापन तीनपाटनका कोषाध्यक्ष तीर्थबहादुर रानाले रु ३० हजार ५०० घुस लिएको पाइएको छ। उनीहरुलाई बिगो अनुसारको अभियोगमा आयोगले आज मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .