ad ad

समाज


आज राति यी प्रदेशमा भारी वर्षा तथा बाढी/पहिरोको सम्भावना

आज राति यी प्रदेशमा भारी वर्षा तथा बाढी/पहिरोको सम्भावना

नेपालखबर
असार १२, २०७७ शुक्रबार १३:४,

केही दिनयता देशभर मौसम बदली तथा वर्षा हुने क्रम जारी छ। अहिले पनि देशका केही स्थानमा झरी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १, २, ५, बागमती र गण्डकीका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

शुक्रबार साँझ ६ बजे महाशाखाले जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छः

देशभर धेरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

याे पनि:  भारतमा चट्याङले एकैदिन १०७ को मृत्यु भयो, नेपालमा पनि छ जोखिम!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .