ad ad

समाज


घाँस काट्न गएकी महिलालाई खुकुरी देखाएर गहना लुटपाट

घाँस काट्न गएकी महिलालाई खुकुरी देखाएर गहना लुटपाट

नेपालखबर
असार १२, २०७७ शुक्रबार १३:५३,

भक्तपुरको चाँगुनारायण नगरपालिका ४ की महिला शुक्रबार दिउँसो लुटिएकी छन्। दिउँसो एक बजेतिर आफ्नै बारीमा घाँस काट्न गएकी पार्वती गुरुङलाई दुई युवाले लुटेका हुन्। लुटेराहरुले उनले लगाएका गरगहना लगेको प्रहरी प्रभाग साँखुले जनाएको छ।

चाँगुनारायण तर्फबाट आएका दुई जना युवकले खुकुरी देखाई उनले लगाएका गहना लुटेर फरार भएका थिए। आफूलाई लुटेको भन्दै उनले प्रहरीलाई खबर गरिन्। सूचना पाए लगतै चारैतर्फबाट परिचालन गरी प्रहरीले लुटपाटमा संलग्न युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३१ वर्षीय विशाल तामाङ र ४८ वर्षीय मंगल तामाङ रहेका छन्। उनीहरु भक्तपुरको सुर्यविनायक बस्दै आएका थिए। उनीहरुलाई घटना घटेको आधा घण्टा भित्रै शंखरापुर नगरपालिका ६ स्थित सलम्बुटारबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको हो।

उनीहरुको साथबाट गुरुङले लगाएको ९९ लालका सुनका एक जोर गहना र लुट्दा प्रयोग गरेको खुकुरी समेत वरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .