ad ad

समाज


चिट्ठा परेको भन्दै सामाजिक सञ्जालबाट करोडौं ठगी

चिट्ठा परेको भन्दै सामाजिक सञ्जालबाट करोडौं ठगी

नेपालखबर
असार १०, २०७७ बुधबार १५:५९,

‘तपाइँलाई ४० लाख रुपैयाँ लट्रि परेको छ’ पोखराका एक युवकको इमोमा म्यासेज आयो। उनले सोधेनन् कसरी पर्‍यो लट्रि भनेर। बरु त्यो म्यासेज पठाउने व्यक्तिसँग इमोमा कुरा गर्न थाले।

ती व्यक्तिले भने, ‘५५ हजार रुपैयाँ पठाइदिनुस् म त्यो उपहार पठाइदिन्छु।’ युवा लोभिन्छन् र हत्तार हत्तार ५५ हजार रुपैयाँ पठाइदिन्छन्। तर उनले भनेको मितिमा त्यो उपहार स्वरुप पाउने ४० लाख रुपैयाँ आउँदैन।

इमोमा फेरि म्यासेज आउँछ, ‘अझै केही पैसा पठाइदिनुस् ४० लाख त पक्का पाउनुहुन्छ।’

फेरि उनले थप रकम पठाए। तर त्यो मितिमा पनि उनले पैसा पाएनन्।

त्यसपछि उनी प्रहरी अपराध महाशाखा टेकू पुग्छन्। बल्ल उनी प्रस्ट हुन्छन् आफू ठगिएछु भनेर। करिव ५ महिना पहिलेको कुरा हो।

एउटा समूहले धेरै युवालाई लट्रि परेको भन्दै यसरी नै ठगी गर्ने गरेको पत्ता लागेको छ। समूह बनाएर ठगी गर्ने गिरोहलाई अपराध महाशाखाले पक्राउ गरेको छ।

महाशाखाका प्रहरी प्रवक्ता इश्वर कार्कीका अनुसार अहिलेसम्म पोखरा र बुटवलका पीडित प्रहरीको सम्पर्कमा आएका छन्। उनीहरुले ठगेका व्यक्ति अरु पनि हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रहरीका अनुसार यो समूहले कसैलाई इमो, कसैलाई भाइबर र कसैलाई ह्वाट्सएपबाट म्यासेज पठाउने र चिट्ठा परेको भन्दै ठगी गर्ने गरेको पाइएको छ।

समूहले विभिन्न व्यक्तिबाट करोडौं ठगी गरेको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए।

ठगी गर्ने कार्यमा संलग्न गिरोहहरूलाई नगदसहित महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाको भद्रपुरका पुकार बर्मा, काभ्रेको सिम्थलीका नविन भण्डारी, रौतहटको गौरका आकास अग्रवाल र एस अग्रवाल, भारतको बिहारका एमडी सर्फराज, पर्साको वीरगन्जका कृष्ण प्रसाद साह र सुनिल साह रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .