सुदूरपश्चिममा बिहीबार एकै दिन २७ जनामा कोरोना संक्रमण देखिएको छ।
कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। संक्रमितमा महिला ८ र पुरुष १९ जना छन्।
बाजुराको बुढिगंगा नगरपालिकाका १७ तथा त्रिवेणी गाउँपालिका एक/एक जना गरी १८ जना संक्रमित थपिएका छन्। कैलालीको गौरीगंगा नगरपालिका ६ सहित कैलालीमा बिहीबार ७ जनामा संक्रमण पुष्टि भएको छ।
बझाङको थलारा गाउँपालिका र बित्थडचिर गाउँपालिकामा पनि एक/एक संक्रमित थपिएको सेती अस्पतालले जनाएको छ। उनीहरु ३ वर्षदेखि ५२ वर्ष उमेरका छन्।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ। तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।
प्रतिक्रिया