ad ad

समाज


लकडाउन खुकुलो भए पनि यी क्षेत्र भने खोल्न नपाइने

लकडाउन खुकुलो भए पनि यी क्षेत्र भने खोल्न नपाइने

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १२:३०,

सरकारले बिहीबारदेखि लकडाउन केही खुकुलो बनाए पनि केही क्षेत्रहरु भने सञ्चालनमा नल्याउने भएको छ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले, शैक्षिक संस्था, सिनेमा हल, सपिङ मल, सभा, गोष्ठी, तालिम, सेमिनारहरु सञ्चालन नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ तथा सूचनामन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी दिन बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लकडाउन केही खुकुलो बनाएको भए पनि सबै क्षेत्रका लागि नभएको बताए।

उनले कोरोनाको प्रकोप नरोकिएको भन्दै मानिको भिडभाड हुने क्षेत्रहरु ततकाल सञ्चालनमा नल्याइएको बताए।

यी हुन लकडाउन खुकुलो भए पनि खोल्न नपाइने क्षेत्रहरु

शैक्षिक संस्था (स्कुल, कलेज, ट्युसन सेन्टर, शैक्षिक तालिम केन्द्र आदि)

अनुमतिबााहेकका आन्तरिक र अन्र्तर्राष्ट्रिय उडान

तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार

सबै प्रकारका प्रदर्शन, सभा, सम्मेलन

सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल

सार्वजनिक पुस्तकालय, संग्रालय, चिडिया खाना

स्पा, सैलुन र ब्युटी पार्लर

स्विमिङ पुल, जिम खानालगायतका हेल्थ क्लबहरु

सपिङ मलहरु

समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरु

सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु

यात्रुवाहक सार्वजनिक सवारी साधन (पर्यटन सवारी साधनसमेत)

उपत्यकाको हकमा तीन जिल्ला र अन्य जिल्लाको हकमा सोही जिल्लाभित्र मात्र जोर–बिजोर गरेर चलाउने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन

 याे पनि : यी क्षेत्रमा लकडाउन खुकुलो, के–के गर्न पाइन्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .