ad ad

कारोबार


सपिङ मलबाहेक सबै व्यावसायिक क्षेत्र खुल्ला, कार्यालयहरु २ सिफ्टमा चल्ने

सपिङ मलबाहेक सबै व्यावसायिक क्षेत्र खुल्ला, कार्यालयहरु २ सिफ्टमा चल्ने

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १२:२,

सरकारले सपिङमलबाहेक सबै व्यावसायिक क्षेत्र खुल्ला गरेको छ।

उद्योग, व्यापार, व्यवसाय, पसलहरु र डिपार्टमेन्ट स्टोरहरु खुल्ला गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका हुन्।

ढुवानी सेवाहरु, विकास आयोजनाहरु सञ्चालन गर्न निजी सवारीसाधन समेत सरकारले खुल्ला गर्ने निर्णय गरेको उनले जानकारी दिए।

काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लामा सम्बन्धित जिल्लामा मात्र जोर र विजोरका आधारमा सञ्चालन हुने निजी सवारीसाधनबाहेकका अन्य सवारीसाधन सञ्चालन नगरिने भएको छ।

त्यस्तै सामाजिक दूरी कायम गर्ने, जनस्वास्थ्यलगायतका स्वास्थ्यका सबै सुरक्षाका उपाय अपनाउने र मापदण्ड र अरु कुराहरु पालना गरेर गर्न सकिने कुराहरु खोल्ने निर्णय भएको उनले बताए।

मन्त्री खतिवडाका अनुसार स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिक समेत), सबै प्रकारका कृषि र पशुपक्षी व्यवसाय, उत्पादनदेखि बिक्रीवितरणसम्मको श्रृंखला खुला गरिएको छ। 

कर्मचारी ओसारपसारमा प्रयोग हुने सवारीसाधन श्रमिक आवागमनमा चाहिने भएकाले खुल्ला गरिएको उनले बताए। तर सिटको एक लहरमा एक जना मात्र राख्ने गरी खुल्ला गरिएको उनले बताए। सबै यात्रुले मास्क र स्यानिटाइज प्रयोग गर्नुपर्नेछ। यो निजी क्षेत्रका कार्यालय र उद्योगको हकमा हो। सम्बन्धित मन्त्रालयले आवश्यक कार्यविधि बनाएर यी कुराहरु खुल्ला गरिने उनले जानकारी दिए।

नर्सरी र वनजन्य उद्यम व्यवसाय पनि अब खुल्ला भएका छन्। व्यक्तिहरुको पैदल आवागमन पनि अब खुल्ला भएको छ। तर भीडभाड गर्न पाइनेछैन। साइकल र मोटरसाइकल चल्न पाउने भएका छन्। अब रेष्टुराँ पनि खुल्ला भएका छन् तर रेष्टुराँबाट प्याक खाना लिएर जान पाइनेछ। बसेर भीडभाड गर्न पाइनेछैन। होटलहरु भने क्वारेन्टिनका लागि तोकिएका बाहेक अरु होटल तत्काल सञ्चालन नहुने भएको छ।

बैंक तथा वित्तीय संस्थाका कार्यालय, सरकारी, निजी, शैक्षिक संस्थाका कार्यालयहरु (पठनपाठनबाहेक) अब दुई सिफ्टमा चल्ने भएका छन्। मन्त्री खतिवडाका अनुसार बिहान ८ देखि १ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म अर्को सिफ्ट चल्ने गरी खुल्ला गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .