ad ad

समाज


महाराष्ट्रको जमिनमा ठोक्कियो निसर्ग चक्रवात, नेपालमा सुरु भयो वर्षा

महाराष्ट्रको जमिनमा ठोक्कियो निसर्ग चक्रवात, नेपालमा सुरु भयो वर्षा

नेपालखबर
जेठ २१, २०७७ बुधबार १४:४८,

अरब सागरमा विकसित निसर्ग नामको चक्रवात भारतको महाराष्ट्रमा प्रवेश गरिसकेको र त्यसको प्रभावले नेपालमा पनि वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार निसर्ग नेपाली समयअनुसार बुधबार दिउँसो १२ः४५ देखि २ः४५ बजेबीच महराष्ट्रको तटीय क्षेत्रको जमिनमा शक्तिशाली सामुद्रिक आँधीका रूपमा प्रवेश गरेको हो। जसको अप्रत्यक्ष प्रभाव नेपालमा पनि परिसकेको छ।

जसको प्रभावले आज नेपालको खासगरी मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको मौसमविद्ले बताएका छन्।

उनीहरूका अनुसार आज राति पनि प्रदेश १ बाहेक अन्य सबै प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

माैसम महाशाखाले बुधबार साँझ प्रकाशन गरेकाे सूचनाअनुसार निसर्ग चक्रवात हाल भारतको अलिवागनजिकै, मुम्बईबाट ७५ किमि र पूणेबाट ६५ किमि टाढा छ। त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर-पूर्वी दिशातर्फ मोडिने सम्भावना छ।

हाल यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ। देशको खासगरी मध्य र पूर्वी क्षेत्रमा बदली रही केही ठाउँमा हल्का वा मध्यम वर्षा भएको छ।

सम्भावित अवस्था 
मौसमविद्का अनुसार निसर्ग चक्रवात बिस्तारै कमजोर भई भारतको भूभाग हुँदै पश्चिम९मध्य नेपालतर्फ अगाडि बढ्ने देखिएको छ। यो मौसम प्रणाली नेपालको नजिक वा आसपास आएको अवस्थामा मौसममा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ।

आगामी शनिबारसम्म नै देशका अधिकांश स्थानमा बदली भई हल्कादेखि मध्यमसम्म मेघगर्जनरचट्याङसहितको वर्षा  हुन सक्ने सम्भावना छ। साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। 

भारतमा के भइरहेको छ?
भारतीय मौसम विभागका अनुसार महाराष्ट्रको तटवर्ती जिल्ला मुम्बई, ठाणे, रायगढ तथा पालघरसहित अलावा गुजरातका वलसाड, नवसारी, सुरत, भावनगर, भरुचलगायत स्थानमा निसर्ग चक्रवातको आंशिक मात्र प्रभाव परेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार हावाहुरीका कारण महाराष्ट्रका रायगढ जिल्लामा ५८ वर्षीय व्यक्तिको मृत्यु भएको छ। तीव्र गतिको हावाका कारण ट्रान्सफर्मर झेरर लाग्दा उनको मृत्यु भएको हो।

यसबाहेक अहिलेसम्म अन्य क्षतिकाे खबर छैन। 

महाराष्ट्र र गुजरातमा ४३ उद्धार टाेली तैनाथ गरिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मुम्बईमा यस चक्रवातबाट हुने ठूलाे क्षति लगभग टरेकाे बताइएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .