काठमाडौंको एक अनलाइनमा कार्यरत एक महिलामा कोरोना संक्रमण देखिएकाे छ।
धादिङ घर भएकी ती महिलाकाे चार दिनअघि स्बाव संकलन गरिएको थियो।
‘आज रिपोर्ट आउँदा पोजिटिभ आयो,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य छ।’
धादिङबाट फर्केपछि ती महिलाको स्बाव संकलन गरिएको थियो।
‘बाहिर फिल्डमा नहिडेको र घरमै बसेर काम गरेको अहिलेसम्म जानकारी आएको छ,’ मन्त्रालय स्रोतले भन्यो।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार उपत्यकमा तीन जना संक्रमित थपिएको जानकारी गराइएको थियो।
ती तीनमध्ये एक जना उनै महिला हुन्।
प्रतिक्रिया