ad ad

समाज


कञ्चनपुरमा नहर किनारमा एक जनाको शव भेटियो

कञ्चनपुरमा नहर किनारमा एक जनाको शव भेटियो

गोकुल जोशी
जेठ २१, २०७७ बुधबार १४:४२,

कञ्चनपुरको भीमदत्त नगरपालिकामा बुधवार बेलुका एक जनाको शव भेटिएको छ।

भीमदत्त नगरपालिका–१८ र १५ को सीमा (गोबरिया) नहर नजिकै शव भेटिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले बताए। भीमदत्त नगरपालिका जानकीटोलका ४० वर्षीय शिवराज बिक गोबरियास्थित नहर छेउमा मृत अवस्थामा भेटिएका हुन्।

‘अहिले घटनास्थलबाट मुचुल्का उठाउँदै छौँ, शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको छ’ उनले भने।

मृतक शिवराज बिक केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेको खुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बुडथापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .