ad ad

कारोबार


एनआईसी एशिया बैंकमा अनलाइनमार्फत खाता खोल्न थप सहज, यस्तो छ प्रक्रिया

एनआईसी एशिया बैंकमा अनलाइनमार्फत खाता खोल्न थप सहज, यस्तो छ प्रक्रिया

नेपालखबर
जेठ २१, २०७७ बुधबार १४:३७,

कोरोना भाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एन आई सी एशिया बैंकले घरमै बसी अनलाइन खाता खोल्न चाहने ग्राहकहरूको सेवा तथा सुविधाको लागि खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ।

यस विषम परिस्थितिमा समेत अनलाइन खाता खोल्न बैंकले प्रक्रियामा थप सुधार गरी छोटो समयमै ग्राहकहरूले खाता खोल्न सक्ने सुविधा ल्याएको हो। सर्वप्रथम इमेल, नाम, मोबाइल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहकले दोस्रो चरण पूरा गर्नका लागि बैंकबाट इमेल प्राप्त गर्नेछन्।

दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ। त्यसपछि ग्राहकले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सक्नेछन्। साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ।

विदेशमा रहेका व्यक्तिहरुहरूले इमेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि अनुरोध गर्न सक्नेछन्। यो प्रक्रिया प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नेछन् तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिनेछ।

तसर्थ, अब ग्राहकहरुले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाइटमा गई अनलाइन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ।

यसरी अनलाईन खाता खोलेका ग्राहकहरूले लकडाउन अवधीसम्म मोबाइल बैंकिङ्गमार्फत पहिलो कारोबार गर्दा रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्नेछन्। यसैगरी यस लकडाउनको अवधिमा ग्राहकहरुले घरमै बसी आफूलाई चाहिने खाद्य सामग्री बैंकको मोबाईल बैंकिङ्ग वा डेबिट/क्रेडिट कार्ड जस्ता भुक्तानी माध्यम प्रयोग गरी विभिन्न अनलाइन स्टोरहरुबाट खरिद गर्दा १० प्रतिशत वा रु. ५०० सम्मको नगद फिर्ता प्राप्त गर्न सकिनेछ।

अनलाइन खाता खोली मोबाइल बैंकिङ्ग वा बैंकको कार्डहरु मार्फत भुक्तानी गर्दा ग्राहकहरूले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।

साथै डायमण्ड श्रेणीको खाता खोलेर न्यूनतम रकम जम्मा भए पश्चात खाता खोल्ने ग्राहकलाई रु. २१ लाखसम्मको बिमा सुविधा पनि प्रदान गरिनेछ र सो बिमा सेवा वापत लाग्ने बिमा शुल्क बैंक आफैँले भुक्तानी गर्नेछ। यी विभिन्न सुविधाहरुको विस्तृत जानकारी बैंकको वेबसाइटबाट पनि प्राप्त गर्न सकिन्छ।

‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरूले घरबाटै निःशुल्क रूपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .