ad ad

समाज


अनलाइन कक्षा नचलाउन पोखरा महानगरको निर्देशन

अनलाइन कक्षा नचलाउन पोखरा महानगरको निर्देशन

वाशुदेव मिश्र
बैशाख १८, २०७७ बिहिबार १४:२४,

पोखरा महानगरपालिकाले अनलाइन कक्षा नचलाउन विद्यालयहरुलाई निर्देशन दिएको छ। लकडाउन लम्बिँदै गर्दा महानगरभित्रका केही विद्यालयहरुले अनलाइनबाटै कक्षा सञ्चालन गरेपछि महानगरले बिहीबार अनलाइन कक्षा नचलाउन निर्देशन जारी गरेको हो। 

महानगरको शिक्षा शाखाका प्रमुख गंगाबहादुर गुरुङले सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नभएको र सम्बन्धित निकायको अनुमति नलिइएको भन्दै कक्षा सञ्चालनमा रोक लगाएका हुन्।

‘आवश्यक पूर्वाधार बिना नै अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृति निम्त्याइनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थी र अभिभावकलाई मानशिक दवाव पर्न सक्ने भएकाले त्यस्ता कक्षाहरु बन्द गराउनू पर्ने भनी महानगरमा उजुरी परेकाले अनलाइन कक्षा तुरुन्त बन्न गर्नुहुन र महानगरको सहमति बिना कक्षा सञ्चालन नगराउन जानकारी गराइन्छ’, महानगरको विज्ञप्तिमा भनिएको छ।

महानगरको निर्देशनबारे यहाँका विद्यालयहरुको धारणा सार्वजनिक भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .