माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले कोरोना भाइरसविरुद्ध खोप विकास नभईकन अब विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने चेतावनी दिएका छन्।
अमेरिकी अर्बपति गेट्सले कोरोनाविरुद्ध खोपको विकास नै संसारलाई पहिलेकै शैलीमा फर्काउन सकिने एक मात्र उपाय भएको बताएका हुन्।
डेढ वर्षमा कोरोना भाइरसविरुद्ध खोप बनाउन सम्भव भएको तर त्यसका लागि सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने हुन सक्ने बीबीसीसँग बताएका छन्।
कोरोना भाइरस संक्रमणका विवरणका आएका पहिलो केही महिनामा पनि खासगरी परीक्षणसम्बन्धी काम अपेक्षाकृत हुन नसकेको र संसारका थोरै देशले मात्र महामारीसँग जुध्न गतिलो काम गर्न सकेको उनले बताए।
अहिले विश्व नै अहिलेसम्मकै सबभन्दा आवश्यक खोप निर्माणको दौडमा लागेको उनको भनाइ छ।
गेट्सको परोपकारी फाउन्डेसनले पनि खोप निर्माणको अनुसन्धान र विकासमा मद्दत गरिरहेको छ।
प्रतिक्रिया