ad ad

समाज


संक्रमित युवतीको छेउमै बसेकी महिलाको किन गरिएन तुरुन्तै परिक्षण?

संक्रमित युवतीको छेउमै बसेकी महिलाको किन गरिएन तुरुन्तै परिक्षण?

नेपालखबर
चैत १५, २०७६ शनिबार १४:१९,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र १० गते पत्रकार सम्मेलन गरी चैत ४ गते फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएकी एक युवतीलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि गरेको थियो।

मन्त्रालयले काठमाडौंकी ती युवतीसँग विमानमा आएका सबैलाई क्वारेन्टाइनमा रहन तथा केही समस्या देखिए तत्काल नजिकको स्वास्थ्यचौकीमा सम्पर्कमा रहन पनि आग्रह गरेको थियो।

ती महिलालाई कोरोना संक्रमणको खबर बाहिरिएपछि कतिपय यात्रुहरु आफै सम्पर्कमा आए भने कतिलाई पुलिसले खोजी गर्यो। उक्त विमानमा नेपाल आएका १५८ जनामध्ये बाग्लुङका ४ जना थिए।

सरकारको आग्रहपछि आफ्ना गाउँठाउमा पनि उक्त विमानमार्फत कोही आएका छन् कि भन्नेबारे नागरिकहरु पनि सचेत भएका थिए।

सोहीक्रममा बाग्लुङकै नारायण कँडेलले आफ्नो क्षेत्रमा पनि दुई जना सोही विमान चढेर आएको थाहा पाए। तर, नारायणका अनुसार उनीहरु होम क्वारेन्टाइनमा बस्नुको साटो खुलेआम हिडिरहेका थिए।

त्यो देखेर सम्भावित खतरा नहोस भन्ने उदेश्यले शिक्षण अस्पतालका इन्टर्न डाक्टर समेत रहेका नारायणले ट्विटरमा नेपाल पुलिसलाई मेन्सन गर्दै लेखे, ‘चैत्र ४ गतेको सोही कतार एयरवेजबाट नेपाल आएका २ जना बाग्लुङमा खुलेआम हिडिरहेका छन्, पुजा लगायतका भिडभाड हुने स्थानहरुमा सहभागी भैरहेका छन्, होम क्वारेन्टाईनमा बस्नुस् भन्दा अटेरी गरिरहेका छन्। सम्बन्धित निकायलाई यसबारेमा कसरी खबर गर्न सकिन्छ?’

नारायणका अनुसार सोही विमानमा आएका बाग्लुङका ती दुईबारे उनले धौलागिरी अञ्चल अस्पतालमा समेत जानकारी गराएका थिए। चैत्र ११ गते नै उनले ती दुईमध्ये एक जनालाइ ज्वरो र सामान्य खोकी देखिएको उल्लेख गर्दै अझै पनि अस्पतालको सम्पर्कमा नआएको ट्विटमा लेखेका थिए।

सोही दिन धौलागिरी अञ्चल अस्पतालबाट चिकित्सकको टोलीले उनको नमूना संकलन गरेको र घरमै क्वारेन्टाइनमा राखिएको उनले उल्लेख गरेका छन्।

तीनै युवतीको नमूनाको शनिबार रिपोर्ट आउँदा उनमा कोरोना संक्रमण देखिएको हो। शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बाग्लुङकी ती १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि गरेका थिए।

अहिले डा. नारायण भने आफूले बेलैमा सजग गराएपनि ती युवतीको र उनको परिवारको हेलचक्रर्याईको असर समाजले भोग्नु नपरोस् भनेर प्रार्थना गरिरहेका छन्।

यस्तै उनीसँगै आएकी ७० वर्षकी महिलाको अझै नमूना परिक्षण नभएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .