ad ad

समाज


कोरोना परीक्षण गर्ने किट्स लिन चीनतर्फ उड्यो विमान, आजै राति १ बजे आइपुग्ने

कोरोना परीक्षण गर्ने किट्स लिन  चीनतर्फ उड्यो विमान, आजै राति १ बजे आइपुग्ने

नेपालखबर
चैत १५, २०७६ शनिबार ७:३८,

कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने सामग्री लिन नेपाल वायुसेवा निगमको विमान चीजको ग्वान्झाओतर्फ उडेको छ।

नेपाल एयरलाईन्सको विमान शनिबार दिउँसो सवा १२ बजे त्यसतर्फ उडेको हो।

नेपाल एयरलाईन्सको विमान शनिबार दिउँसो साढे १२ बजे त्यसतर्फ उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए।

‘स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज आरए ४१७१ अहिले १२ः३१ मा ग्वान्जाओका लागि उडेको छ’, मन्त्री भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘जहाज राति १ बजेतिर नेपालमा आइपुग्ने छ।’

 सो विमानले कोरोना भाइरस परीक्षण गर्ने किट्स र पीपीईलगायतका औषधिजन्य सामग्री ल्याउने बताइएको छ।

सरकारले १३ चैतमा चीनमा नेपाली व्यापारीहरुले किनेर तयार पारेका अत्यावश्यक स्वास्थ्य उपकरण र परीक्षण किट्स ल्याउनका लागि नेपाल वायुसेवा निगमको विमान ग्वान्झाओ पठाउने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .