ad ad

समाज


कोरोना संकट सामना गर्न अमेरिकाले ल्यायो २० खर्ब डलरको आर्थिक प्याकेज

कोरोना संकट सामना गर्न अमेरिकाले ल्यायो २० खर्ब डलरको आर्थिक प्याकेज

नेपालखबर
चैत १५, २०७६ शनिबार ७:५१,

कोरोना भाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेका हुन्।

राहत सम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ। यस कानुनले आफ्ना नागरिकका परिवार, कामदार र व्यापारमा अत्यावश्यक राहत प्रदान गर्ने ट्रम्पको भनाइ छ।

अमेरिकामा ३३ लाख नागरिकले बुधबार मात्र बेरोजगारी भत्ताको दाबी गरेका थिए। अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।

भाइरसको त्रासपछि अमेरिकाको आर्थिक कारोबार ठप्प भएको छ। ट्रम्पले हालको राहत प्याकेज यसअघिका कुनै पनि राहत कार्यक्रमभन्दा दुई गुना ठूलो भएको बताएका छन्।

डेमोक्र्याटहरूको बर्चस्व रहेको तल्लो सदनमा डेमोक्याट र रिपब्लिकन सांसदहरूले तीन घण्टा लामो छलफल गरेपछि राहत प्याकेजमा स्वीकृती जनाएका थिए।

राहत प्याकेजमा के छ?

कोरोना महामारीका कारण व्यक्तिको जीवन निर्वाह र कम्पनीहरूको व्यवसाय प्रभावित भएको छ भने सीधा आर्थिक सहयोग गर्न सकिने व्यवस्था कानूनमा गरिएको छ।

नयाँ कानुनअनुसार प्रति वर्ष ७५,००० अमेरिकी डलर भन्दा कम कमाउनेहरूलाई १२०० अमेरिकी डलर दिने र प्रति बच्चा ५०० अमेरिकी डलर दिने व्यवस्था गरिएको छ।

यसले राज्य सरकारलाई सीधा रकम उपलब्ध गराउने र बेरोजगारी सुबिधा कार्यक्रमलाई सहयोग पुर्‍याउने बताइएको छ।

भाइरस सङ्क्रमण नफैलियोस् भनेर अधिकारीहरूले अमेरिकाभर रेस्टुरेन्ट, बार सिनेमाहल, होटेल र व्यायामशालाहरू बन्द गरिदिएका छन्।

अर्थशास्त्रीहरूका अनुसार अमेरिकाको काम गर्ने समूहको हरेक पाँचजनामा एकजना व्यक्ति कुनै न कुनै किसिमको लकडाउनमा परेको छ।

नयाँ पारित गरिएको कानुनले व्यवसायबाट बाहिरिनुपर्ने खतरामा परेका कम्पनीहरूलाई ऋण सहायता र करमा सुबिधाको पनि व्यवस्था गरेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .