ad ad

कारोबार


साढे दुई करोड जनसंख्या घरभित्रै, एकै पटक २८ लाख सेटअप बक्स प्रयोगमा

साढे दुई करोड जनसंख्या घरभित्रै, एकै पटक २८ लाख सेटअप बक्स प्रयोगमा

सन्तोष न्यौपाने
चैत १५, २०७६ शनिबार ८:२१,

मुलुक लकडाउनमा गएपछि झन्डै साढे दुई करोड जनसंख्या घरभित्र ‘बन्दी’ छन्। अति आवश्यक बाहेकका व्यवसाय तथा कार्यालयको काम रोकिएको छ।

यस्तो बेला घरभित्र के गर्ने? कि टेलिभिजन हेर्ने कि इन्टरनेट चलाउने। घरभित्र रहेको यही जनसंख्याको कारण मुलुकभरको इन्टरनेटको ‘ट्राफिक’ ह्वात्तै बढेको छ। यसले गर्दा इन्टरनेटको गति कम भएको छ।

यही लाखौं उपभोक्ता अहिले समय कटाउनकै लागि टेलिभिजन हेरिरहेका छन्। विश्वका १९० भन्दा धेरै मुलुकमा कोरोना भाइरस (कोभिड–१९) पुगेको छ। यसको अपडेड सबैभन्दा छिटो टेलिभिजन, अनलाइनहरुमा आइरहेको छ।

हालसम्म मुलुकभर वितरण भएका २८ लाख सेटअप बक्सको प्रयोग घरभित्र रहेको त्यही जनसंख्याले एकै पटक प्रयोग गरिरहेका छन्।

नेपाल केवल टेलिभिजन संघका पूर्व अध्यक्ष सुधीर पराजुलीले मुलुकभर गरेर हालसम्म डिजिटल केबुल टेलिभिजनमा प्रयोग हुने सेटअप बक्स २८ लाख वितरण भएको बताए।

‘२८ लाख सेटअप बक्स उपभोक्तामाझ पुगिसकेका छन्,’ पराजुलीले भने, ‘यी सबै प्रयोगमा छन्।’

एउटै घरमा ११ वटासम्म सेटअप बक्स प्रयोग भएका छन्। वीरगन्जलगायतका केही क्षेत्रमा एउटै घरमा धेरै सेटअप बक्स प्रयोग भएका छन्।

‘वीरगन्जतिरका एउटै घरमा ११ वटा बक्ससम्म प्रयोग भएका छन्,’ पराजुलीले भने, ‘ठूलो परिवारको उक्त मारबावडी घरले प्रत्येक दाजुभाइ र अन्य परिवारको कोठामा एक एक प्रयोग गरेका छ्न्।’

मुलुकमा हाल १४ वटा केवल टेलिभिजन कम्पनी रहेका छन्। ती कम्पनीले मुलुकका विभिन्न ठाउँमा आफ्नो उपस्थिति जनाइहेका छन्। यी २८ लाख सेटअप बक्स १४ कम्पनीबीच बाँडिएका छन्।

१४ कम्पनीमध्ये कसैका ढेड लाखदेखि केहीका ३ लाखसम्म ग्राहक बनाउन सकेका छन्। यसको अर्थ बक्स वितरण गर्न सकेका छन्।

त्यस्तै मुलुकभर ३ सयवटा लोकल केवल अपरेटरहरु छन्। यी १४ वटा कम्पनीले केवल टेलिभिजनले च्यानल प्रसारणको अनुमति लिएका हुन्छन्। मुलुकभर रहेको ३ सय वटा स्थानीय अपरेटलाई साथमा लिएर उनीहरुले केवल टेलिभिजन वितरण गर्छन्।

सरकारले मुलकभरका केवल टेलिभिजनहरु एनालगबाट डिजिटलमा रुपान्तरण हुनुपर्ने नियमसँगै हाल झन्डै सम्पुर्ण ठाउँमा डिजिटल टेलिभिजन प्रसारण भइसकेको छ। अति दुर्गम केही ठाउँमा फाट्टफुट्ट एनालग भए पनि अधिकांश डिजिटल सेटअप बक्स वितरण भएको पराजुलीले बताए।

‘अप्टिकल फाइबर नपुगेको दुर्गम ठाउँमा फाट्टफुट्न बाँकी भए पनि अन्य सबै ठाउँमा एनालगबाट डिजिटलमा रुपान्तरण भइसकेका छन्,’ पराजुलीले भने।

बक्स वितरणमा तीव्र प्रतिस्पर्धा छ। कुनै कम्पनीले निःशुल्क रुपमा उक्त बक्स दिन्छन् भने कसैले एक हजार रुपैयाँसम्म लिने गरेका छन्। उक्त बक्सलाई एभरेज २ हजार ७ सय रुपैयाँ पर्छ।
डिजिटल प्रविधिले केबुल टेलिभिजनलाई अझ गुणस्तरीय बनाउने र राज्यलाई पनि धेरै राजश्व प्राप्त हुन्छ।

पुरानो प्रविधिमा आधारित एनालग केबुलमा कति ग्राहक छन् भन्ने स्पष्ट तथ्यांक आउँदैन तर डिजिटलमा उक्त संख्या आउने भएकाले राजश्व छल्न गाह्रो हुन्छ।

सरकारले २०७४ चैतमा पछिल्लो पटक महानगरपालिका, उपनगरपाकिाल, नगरपालिका सबै एनालग प्रविधिका केवललाई बन्द गर्ने र डिजिटल केवल टेलिभिजनमात्र सञ्चालन गर्ने निर्णय गरेको थियो। त्योसँगै अहिले गाउँपालिकादेखि वडासम्म सेटअप बक्स अनिवार्य छ।

उक्त निर्णयसँगै मुलुकभर एनालगबाट डिजिटल केवल टेलिभिजनमा रुपान्तरण हुन सुरु भएको थियो। त्यो बेलादेखि सुरु भएको डिजिटल टेलिभिजन रुपान्तरण हालसम्म धेरै ठाउँमा लागू भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .