ad ad

समाज


पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना अस्पताल असम्भव : डा. आचार्य

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना अस्पताल असम्भव : डा. आचार्य

वाशुदेव मिश्र
चैत १३, २०७६ बिहिबार १४:१४,

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै कोरोना उपचारको ‘डेडिकेटेड अस्पताल’ बनाउने बताइरहेको बेला निर्देशक डाक्टर अजुर्न आचार्यले मन्त्रीको भनाई असम्भव भएको बताएका छन् । 

मन्त्री गुरुङले विज्ञको सल्लाह नलिएको डा. आचार्यले गुनासो पनि गरे।

‘असम्भव कुरा उहाँले गर्नुभएको छ, गर्ने भए वीर अस्पताल, बुटबल अस्पताललाई नै बनाउँथे नि’, नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘ मिडियाबाजी गर्नु भएन।’

उनले पश्चिमाञ्चल अस्पताललाई एक रुपैयाँ पनि नदिएको गुनासो पनि पोखे।

‘सबै अस्पताललाई १०/१० लाख रुपैयाँ दिएकोमा यो (पश्चिमाञ्चल) अस्पताललाई कोरोनाको लागि कति दिनुभयो भन्ने सोधेर मलाई जानकारी दिनुहोस्, उनले थपे।

उनले अगाडि भने, ‘किरण मन्त्रीजी प्राविधिक नै हैन नि। सबैले भनेको कुरा बेठीक भन्नुहुन्छ भने ठाउँ देखाउनु प-यो नि। गण्डकीमा कहिलेसम्म राख्नेगरि अस्पताल बनाउने? यहाँ आएका बिरामी, स्वास्थ्यकर्मीको सुरक्षा, ३ सय जनाको तलब, हामीले त कमाएर खुवाउँछौँ नि! ७ सय जनाको तलब भत्ता यो कहाँबाट आउँछ? ७ सय जनालाई एक्ट्रा ड्युटीको प्रोत्साहन भत्ता छ। अनि कोरोना अस्पताल बनाएर हाडजोर्नी डाक्टरलाई कहाँ राख्ने, सर्जनलाई कहाँ राख्ने? सुताएर पैसा खुवाउने? डेन्टलाई कहाँ राख्ने, साइकेष्ट्रीक डाक्टरलाई कहाँ राख्ने? यसमा यहाँहरु (पत्रकार) पनि बोल्नुप-यो।’

उनले भरतपुरको उदाहरण दिँदै कोरोना अस्पताल बेग्लै बनाउनुपर्ने सुझाव पनि दिए।

‘केही नभएको ठाउँमै बनाउने हो (कोरना अस्प्ताल)। भएको घर भत्काउने हैन नि। चितवनमा हेर्नुस्, भरतपुरमा हेर्नुस्, केही नभएको ठाउँमा बनाएको हैन, केही नभएको ठाउँमा बनाउने नै यही हो। कति समयलाई हो, बिरामी नि आउँछ कि आउँदैन, ४/५ सय कोरोनाका बिरामी आए त ठीक हो, एउटा नि आएन भने, २५ वटा जति आए भने त्यस्तै ठाउँमा बनाउने हो। सामान किन्न सकिन्नँ भने भन्नुप¥यो। सबै अस्पतालले दिन्छौँ, भनेका छन्, भेण्टिलेटर दिन्छौँ भनेका छन्, हामी सबै डाक्टरले एक महिनाको तलबले बनाइदिन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .