ad ad

समाज


कोरोना संक्रमितको उपचार गर्न नर्भिकमा आइसोलेसन वार्ड सञ्चालन

कोरोना संक्रमितको उपचार गर्न नर्भिकमा आइसोलेसन वार्ड सञ्चालन

नेपालखबर
चैत १३, २०७६ बिहिबार १४:२५,

नर्भिक अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ। यो कोरोनाका बिरामीका लागि निजी अस्पतालले तयार गरेको पहिलो आइसोलेसन वार्ड हो।

अस्पतालका सञ्चालक वसन्त चौधरीले १५ शय्याको पूर्ण सुविधासहितको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको जानकारी ट्विटरमार्फत दिएका छन्।

‘कोभिड–१९ उपचारको लागि सञ्चालनमा ल्याइएको यो निजी क्षेत्रको पहिलो आइसोलेसन वार्ड हो,’ नेपालखबरसँग चौधरीले भने।

‘नर्भिक अस्पतालको मूल भवनभन्दा छुट्टै १५ शय्याको नवनिर्मित फुल इक्विप्ड कोभिड आइसोलेसन वार्ड आजदेखि सञ्चालनमा आएको छ,’ चौधरीले ट्विटमा लेखेका छन्, ‘नर्भिक सधँै तपाईंहरुको सेवामा।’

मूल अस्पताललाई प्रभाव नपरोस् भनेर अस्पताल बाहिरको पार्किङ क्षेत्रमा उक्त वार्ड बनाइएको उनले बताए।

‘अस्पतालभन्दा छुट्टै निर्माण गरिएको छ,’ चौधरीले भने, ‘अन्य बिरामी र स्वास्थ्य डाक्टरलाई यसले असर नगरोस् भनेर सुरक्षा अपनाइएको छ।’

norvic.jpg

यसअभि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा नर्भिक अस्पतालका अध्यक्ष चौधरीले एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरिसकेका छन्।

कोरोना भाइरस रोकथाममा सहयोग पुगोस् भन्दै चौधरीले ५० लाख बराबरको स्वास्थ्य सामग्री र ५० लाख रुपैयाँ नगद दिने घोषणा गरेका हुन्।

नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट उक्त सहयोग गर्न लागिएको उनले बताए।

चौधरीले बाँकी ५० लाख रुपैयाँ कोषमा नगद हस्तान्तरण गर्ने जनाएका छन्।

त्यस्तै नर्भिक अस्पतालले सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि १७ हजार मास्क प्रदान गरेको छ।

नर्भिकले डाक्टर तथा नर्सले प्रयोग गर्ने १५ हजार ‘थ्री प्लाइ’ र २ हजार ‘थ्रीएम एन९५’ मास्क सरकारलाई हस्तान्तरण गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .