ad ad

समाज


‘लकडाउन’ उल्लंघन गर्ने ७ सय बढी सवारी प्रहरी नियन्त्रणमा

‘लकडाउन’ उल्लंघन गर्ने ७ सय बढी सवारी प्रहरी नियन्त्रणमा

नेपालखबर
चैत १२, २०७६ बुधबार ६:२२,

लकडाउन उल्लंघन गर्ने ७ सय ८ वटा सवारीसाधान उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार बुधबार बिहानैदेखि उल्लंघन गर्ने सवारीसाधान नियन्त्रण गरेको हो।

पहिलोदिन उपत्यकामा एउटा पनि सवारीमाथि कारबाही नगरेको प्रहरीले लकडाउनको दोश्रो दिन कारबाही तीव्र्र पारेको हो। प्रहरीले नियन्त्रणमा लिएका सवारीमध्ये धेरैजसो मोटरसाइकल रहेका छन्।

अत्यावश्यक काममा बाहेकका सवारी प्रहरीले नियन्त्रणमा गर्छ। स्वास्थ्य, सुरक्षा खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, फोहोरमैला व्यवस्थापन लगायतका अत्यावश्यक बाहेकका सवारीलाई प्रतिवन्ध गरिएको छ।

अत्यावश्यक काम बाहेक बाहिर निस्कने सवारीलाई प्रहरीले जरिवाना तिराएर बेलुका फिर्ता दिने गरेको छ।

पक्राउ परेका सवारीलाई के गर्ने भन्ने बेलुकासम्ममा निर्णय हुने ट्राफिक महाशाखाका प्रवक्ता श्रेष्ठले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .