ad ad

प्रविधि


युट्युबले भिडियो गुणस्तर घटाउने

युट्युबले भिडियो गुणस्तर घटाउने

नेपालखबर
चैत १२, २०७६ बुधबार ६:२८,

कोरोनाको त्रासपछि मानिसहरु घरमै बसेपछि विश्वभर इन्टरनेटको खपत बढेको छ। इन्टरनेटको खपत बढेपछि इन्टरनेट ढिला चल्ने समस्या देखिएको छ।

यसबीचमा युट्युबले आफ्नो भिडियो गुणस्तर घटाउन लागेको हो। केही दिनमै युट्युबले आफ्नो भिडियो ‘स्ट्यान्डर्ड डेफिनेसन’ मा चल्ने बनाउने जानकारी दिएको छ।

स्ट्यान्डर्ड डेफिनेसनमा भिडियो एचडी क्वालिटीको हुनेछैन। यद्यपी प्रयोगकर्ताले चाहेको खण्डमा एचडीमा भिडियो पनि हेर्न सक्नेछन्।

तर हाल युट्युबमा दिइएको ‘अटो’ फिचर भने नयाँ परिवर्तनमा देखिने छैन। हाल हामीले भिडियो हेर्दा इन्टरनेटको स्पिड अनुसार एचडी र त्यो भन्दा कम गुणस्तरमा आफैं चल्छ ‘अटो’।

नयाँ परिवर्तनमा भिडियो ‘स्ट्यान्डर्ड डेफिनेसन’ मा चल्नेछ। जसका कारण इन्टरनेटको खपत कम हुन्छ। यसरी इन्टरनेट बढी प्रयोग गर्नुपर्ने मानिसहरुलाई फाइदा पुग्नेछ।

यस्तै नेटफ्लिक्सले पनि आफ्नो भिडियोको गुणस्तर घटाउने जानकारी दिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .