ad ad

समाज


कोरोना पुष्टि भएकी युवती रहेकै जहाजमा फर्किएकी अर्की युवती होम क्वारेन्टाइनमा

कोरोना पुष्टि भएकी युवती रहेकै जहाजमा फर्किएकी अर्की युवती होम क्वारेन्टाइनमा

नेपालखबर
चैत ११, २०७६ मंगलबार ८:४१,

कोरोना संक्रमित युवती चढेकै जहाजमा कतारबाट आएकी अर्की युवतीको मंगलबार कोरोना परीक्षण गरिएको छ। मंगलबार टेकू अस्पताल पुगी उनले नमूना दिएकी हुन्।

उनी स्वास्थ्य जाँजका लागि नमूना दिएपछि घरमै क्वारेन्टाइनमा बसिरहेको चन्द्रागिरी नगरपालिका ८ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिए।

२५ वर्षीया ती युवती साइप्रसबाट नेपाल फर्कँदा दोहा हुँदै चैत ४ गते काठमाडौं आएकी थिइन्। सोही जहाजमा चढेकी अर्की युवतीमा कोरोना संक्रमणको पुष्टि भएपछि उनले जाँचको नमूना दिई सेल्फ क्वारेन्टाइनमा बसेकी हुन्।

आफु त्यही जहाजमा आएको भन्दै वडाध्यक्षलाई खबर गरेकी थिइन्। वडाले तत्काल उनको ज्वरो परीक्षण गरेको थियो।

त्यसपछि मंगलबार नै उनलाई कोरोना परीक्षणका लागि टेकू अस्पतालमा पठाइएको र चेकजाँचपछि उनी घर फर्किएर क्वारेन्टाइनमा बसिरहेको वडाध्यक्ष खड्काले बताए।

उनको रिपोर्ट आउन बाँकी छ। वडाले विदेशबाट हालै फर्किएका सबैलाई खोजिखोजि कोरोना परीक्षण गरिरहेको छ। अहिलेसम्म तीन जना सम्पर्कमा आएको खड्काले नेपाल खबरलाई बताए।

चैत ४ गते फ्रान्सबाट फर्केकी युवतीमा काेराेना संक्रमण पुष्टी भएकाे साेमबार  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका हुन्। ती संक्रमितकाे टेकु अस्पतालमा उपचार भइरहेकाे छ।

साेहि जहाजमा आएका बाग्लुङको ढोरपाटन नगरपालिका ५ का एक युवालाई छुट्टै आइसोलेसनमा राखिएको छ।

२४ वर्षीय ती युवालाई उनकै दुईमध्ये एक घरमा छुट्टै आइसोलेयसनमा राखिएको नगरप्रमुख देवकुमार नेपालीले बताए।

याे पनि: 
कोरोना संक्रमित युवतीसँग आएका युवालाई आफ्नै घरमा आइसोलेसनमा राखियो
नेपालमा १ जना कोरोना संक्रमित भेटिए, टेकु अस्पतालमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .