ad ad

राजनीति


कोरोनाको प्रकोप बढेपछि मोदीले एकै हप्तामा दोस्रोपटक देशवासीलाई सम्बोधन गर्दै

कोरोनाको प्रकोप बढेपछि मोदीले एकै हप्तामा दोस्रोपटक देशवासीलाई सम्बोधन गर्दै

नेपालखबर
चैत ११, २०७६ मंगलबार ८:३५,

भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोेदीले दोस्रोपटक देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

मंगलबार राति ८ बजे मोदीले देशसबासीका नाममा एकै हप्तामा दोस्रोपटक सम्बोधान गर्न लागेका हुन्। यसअघि प्रधानमन्त्री मोदीले मार्च १९ तारिखका दिन देशवासीका नाममा सम्बोधन गरेका थिए।

सो सम्बोधनमा प्रधानमन्त्री मोदीले ‘जनता कर्फ्यु’को घोषणा गरेका थिए। आज हुने सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण र यसको रोकथामका लागि सरकारले चालेका कदमबारे जानकारी दिने बताइएको छ।

‘विश्वभर प्रकोपका रुपमा फैलिएको कोरोना भाइरस बढ्दो प्रकोपका बारेमा देशसवासीसँग महत्वपूर्ण कुराहरु सेयर गर्देछु’, प्रधानमनत्री मोदीले ट्विटमा भनेका छन्, ‘आज २४ मार्च राति ८ बजे देशलाई सम्बोधन गर्नेछु।’

मंगलबार दिउँसोसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ भने संक्रमितको संख्या ५०० पुगेको छ। केन्द्र सरकार र प्रदेश सरकारले विभिन्न स्थानमा ‘लक डाउन’ समेत गरेका छन्।

सोमबार जनताले लड डाउनको नियम उलंघन गर्दै सडकमा निस्किएपछि मोदीले घरभित्रै बस्न आग्रह गरेका थिए। उनले लक डाउनलाई गम्भीरताका साथ लिन र कानुनको पालना गर्न समेत आग्रह गरेका थिए।

 

‘धेरै व्यक्तिले अझै लक डाउनलाई गम्भीर रूपमा लिइरहेका छैनन्। कृपा गरेर आफैंलाई बचाउनुहोस्, आफ्नो परिवारलाई बचाउनुहोस्, निर्देशनहरूलाई गम्भीरतापूर्वक पालना गर्नुहोस्। कानुनको पालना गराउन प्रदेश सरकारलाई निर्देशन दिन्छु’, मोदीले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .