ad ad

समाज


एउटै गाउँमा ३ दिनमा ५ को मृत्यु, मदिरा सेवनबाट भएको स्थानीयको दाबी

एउटै गाउँमा ३ दिनमा ५ को मृत्यु, मदिरा सेवनबाट भएको स्थानीयको दाबी

नेपालखबर
चैत ४, २०७६ मंगलबार १५:११,

महोत्तरको एउटा बस्तीमा तीनदिन यता ५ जनाको मृत्यु भएको छ। महोत्तरीको मनरा सिसवा नगरपालिका १ का खत्वे टोल, रामटोल र राजपुत टोलका ५ जनाको शनिबारदेखि सोमबार रातिसम्म मृत्यु भएको हो।

अचानक बिरामी भएर सिकिस्त हुने र मृत्यु हुने गरेको वडा नं. १ का वडाध्यक्ष शशीभुषण चौधरीले बताए।

मृत्यु हुनेहरुमा स्थानीय ५५ वर्षका राघो मण्डल, ५० वर्षका ब्रह्मदेव मण्डल, ४५ वर्षका सुखचन्द्र मण्डल, ५० वर्षका विकास मण्डल र ५५ वर्षका गंगा सिंह राजपुत रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए।

ब्रह्मदेव र गंगा सिंहको सोमबार राति, बिकासको सोमबार दिउँसो, सुखचन्द्रको आइतबार र राघोको शनिबार मृत्यु भएको हो।

उनीहरु पहिलेदेखि न‌ै मदिरा सेवन गर्ने गरेकाले पछिल्लो पटक विषाक्त मदिरा सेवनबाट मृत्यु भएको वडाध्यक्ष चौधरीको दावी छ। उपचारको क्रममा मृत्यु भएकालाई चिकित्सकले मदिरा सेवनबाटै मृत्यु भएको भनेको वडाध्यक्ष चौधरीको भनाइ छ। मृत्यु हुने अधिकांश दलित छन्।

स्थानीयका अनुसार मनर सिसवाको वडा नं‍ १ मा मात्र ३ दर्जनभन्दा बढी मदिरा पसल छन्।

यता महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले उनीहरुको अर्कै कारणले मृत्यु भएको हुन सक्ने बताए। धनुषामा मदिराबाट मृत्युु भएका परिवारलाई जनही ३ लाख प्रदेश सरकारले घोषणा गरेकाले मदिराकै कारण मृत्यु भएको दाबी गरेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .