ad ad

राजनीति


प्रथम पञ्चवर्षीय योजना बनाउँदै गण्डकी, लगानीको सुरक्षा गर्छाैं: मुख्यमन्त्री

प्रथम पञ्चवर्षीय योजना बनाउँदै गण्डकी, लगानीको सुरक्षा गर्छाैं: मुख्यमन्त्री

वाशुदेव मिश्र
चैत ४, २०७६ मंगलबार १५:०,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा हुने लगानीको सुरक्षा सरकारले गर्ने बताएका छन्।

प्रदेश सरकारले तयार पार्ने प्रथम पञ्चवर्षीय योजना तयारी गोष्ठीको मंगलबार भएको समापनमा योजना कार्यान्वयनको लागि ठूलो लगानी आवश्यक पर्ने भन्दै उनले निजी क्षेत्रको लगानीको सुरक्षा सरकारले गर्ने बताएका हुन्।

गण्डकी प्रदेश योजना तथा आयोगले तयार गरेको ‘प्रथम पञ्चवर्षीय आधारपत्र’ आगामी पाँच वर्षभित्र प्रदेशवासीको प्रतिव्यक्ति आय हाल रहेको १०४३ डलरबाट १९५६ डलर पुर्‍याउने,समृद्धि र सुख हासिल गर्न ५, १० र २५ वर्षसम्ममा अल्प, मध्य र दीर्घकालीन योजना बनाउने र समृद्धि हासिल गर्न विभिन्न ३२ वटा सूचकका आधारमा लक्ष्य निर्धारण गरिएको छ।

विभिन्न ३२ वटा सूचकमध्ये आगामी पाँच वर्षमा प्रदेशबासीको औसत आयु ७७ वर्ष, १० वर्षमा ८० र विसं २१०० मा ८२ वर्ष पुर्‍याउने, आर्थिक वृद्धिदर ७.१२ प्रतिशतबाट ११ प्रतिशतसम्म बढाउने, हाल करिब १५ प्रतिशतको अवस्थामा रहेको निरपेक्ष र बहुआयामिक गरिबीलाई शून्यमा झार्ने, आर्थिक असन्तुलन (गिनी कोफिसेन्ट) लाई ०.३७ बाट ०.२ मा ल्याउने, साक्षरता दर ९९.५ प्रतिशत पुर्‍याउने, चार प्रतिशत बेरोजगारीलाई एक प्रतिशतमा झार्ने, आधारभूत खानेपानी र विद्युत शतप्रतिशत र्पुयाउने लक्ष्य पनि २१ वटा सूचक भित्रै परेका छन्।

खानेपानी र विद्युत सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा समेत राखिएको छ। यी लक्ष्य पूरा गर्न सरकारले ५, १० र २० योजना तय गरेको छ ।

‘यी लक्ष्य पूरा गर्न ५ भागमध्ये ३ भाग निजी क्षेत्रको लगानी हुन्छ’, मुख्यमन्त्री गुरुङले भने, ‘शान्ति सुव्यवस्था कायम गर्ने,प्राप्त नाफाको विषय लगायतका कुराहरु सहित सुरक्षाको जिम्मा प्रदेश सरकारले लिन्छ।’

उनले जग्गा प्राप्तिको झन्झटिलो कानून, सार्वजनिक खरिद ऐनको लम्बेतान प्रक्रिया, करको नीतिको समस्या, बैकिङ प्रणालीका बारेमा स्पष्ट नीति बनाइने पनि बताए।

यता, पञ्चवर्षीय योजनाका लागि सुझाव दिने क्रममा सुशासन कायम गर्न अस्वभाविक देखिने राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति छानबिनु गरिनुपर्ने, २०४७/०४८ तिर नियुक्त भएका शिक्षकहरु रुपान्तरण हुन नसकेको भन्दै उनीहरुलाई सेवा निवृत्त गरिनुपर्ने, जलविद्युत उत्पादन बढाउनुपर्ने तथा करको दायरा बढाउनुपर्नेजस्ता सुझाव दिएका थिए। बैठकमा सामाजिक, आर्थिक, पूर्वाधार र सुशासन तथा लोकतन्त्र विषयमा चारवटा समूह गठन गरि सुझाव दिइएको थियो।

तीन प्रस्ताव पारित

प्रदेश विकास परिषदको मंगलबार सम्पन्न पहिलो बैठकले कोरोना भाइरसबाट सचेत रहन सर्वसाधारणसँग आग्रह गरेको छ। बैठकले मृगौलाको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना पनि गरेको छ।

तीनबुँदे प्रस्तावमा गण्डकी प्रदेश नीति तथा योजना आयोगले पेश गरेको प्रदेशको प्रथम पञ्चवर्षीय योजना (आव ०७६/७७ देखि ०८०/८१) को मस्यौदाका सम्बन्धमा प्राप्त सुझावहरुलाई निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .