ad ad

राजनीति


प्रदेश २ नामाकरणको चारै प्रस्ताव फेल, अब नयाँ प्रक्रिया सुरु हुने

प्रदेश २ नामाकरणको चारै प्रस्ताव फेल, अब नयाँ प्रक्रिया सुरु हुने

शैलेन्द्र महतो
चैत ४, २०७६ मंगलबार १४:५८,

सत्तारुढ दलले प्रदेश २ लाई ‘मधेश प्रदेश’ नामाकरण गर्ने प्रस्ताव पनि खारेज भएको छ।

सत्तारुढ समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको ‘मधेश प्रदेश’को पक्षमा मात्र ६० मत खसेको छ। विपक्षमा ४६ मत परेको छ। एक मत बदर भएको छ।

प्रदेश २ को प्रदेश सभामा १ सय ७ सदस्य छन्।

नाम स्वीकृत हुन दुई तिहाइ बहुमत हुनुपर्छ। जसका लागि १ सय ७ मध्ये ७२ मत पुग्नुपर्छ।

प्रदेश २ मा सबै दलले आआफ्नो नाम प्रस्ताव गरेका थिए।

नामको विषयमा सत्तारूढ समाजवादी पार्टी र राजपा नेपालले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुर प्रदेश र कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले मध्य मधेश नाम प्रस्ताव गरेका थिए।

यसअघि नेकपाद्वारा प्रस्तावित नाम ‘जानकी’मा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको थियो भने कांग्रेसको मिथिला भोजपुरा नामको पक्षा मात्र २८ र मध्य मधेशको पक्षमा ४२ मत खसेपछि सबै प्रस्ताव खारेज भएको थियो।

चारवटै प्रस्ताव फेल भएकाले अब फेरि सुरुदेखि नै प्रक्रियामा जानुपर्ने भएको छ। दलहरुले पुनः प्रस्ताव दर्ता गराउनुपर्नेछ।

यो पनि:

प्रदेश २ नामाकरणः मध्य-मधेश नामको पक्षमा ४२ मत, तेस्रो प्रस्ताव पनि खारेज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .